३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

असार महिनाको मासिक राशिफल : हेर्नुहोस् यी राशी हुनेहरुको चम्कीने छ भाग्य

असार महिनाको मासिक राशिफल : हेर्नुहोस् यी राशी हुनेहरुको चम्कीने छ भाग्य
अ+ अ-

मेष : यो महिनामा सूर्यले तपाईको राशिबाट तेस्रो स्थानको भ्रमण गर्नाले रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । राज्यबाट मानसम्मान मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । २० गतेबाट साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

वृष: वृष राशी हुनेहरूका लागि असार महिनामा गरेको कार्यमा सफलता पाईनेछ । विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अचल सम्पत्ती हातपर्ने योगछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

मिथुन : यो महिनामा तपाईंको राशिमा सूर्यले भ्रमण गर्नाले कार्य सम्पादनमा सहजता मिल्नेछ । अचल सम्पत्ती हातपर्ने योगछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बोलीको भरमा कार्य सम्पादन हुनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

कर्कट: यो महिनामा सूर्यले तपाईको राशिबाट बार्हौं स्थानको भ्रमण गर्नेछ । यो महिनामा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । १७ गतेबाट ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।

सिंह:असार महिना फलदायी रहनेछ । काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । शुभ कार्यको योग छ । कर्म प्राप्तिको योग देखिन्छ सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । व्यापार व्यवसायमा बृद्धि हुनुका साथै विशेष लाभ हुने देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

कन्या: यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । कला र गलाको प्रभाव बढ्दै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।

तुला: यो महिनामा विशेषगरी न्यायिक कार्यमा सफलता मिल्नेछ । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर मिलनको योग छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । घर, जग्गा खरिद तथा बिक्रिको योग छ ।

वृश्चिक: यो महिनामा सूर्यले तपाईको राशिबाट आठौँ स्थानको भ्रमण गर्नेछ । उक्त समयमा प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । कसै कसैका लागि विवाहको योग छ । दैनिक कार्यमा प्रगती हुनेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । लामो यात्रा सुखद र सफल हुनेछ ।

धनु: यो महिना त्यति राम्रो देखिँदैन, बन्न लागेको काम विग्रिनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्नेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । महिनाको अन्त्यमा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ

मकर : यो महिनामा सूर्यले तपाईको राशिबाट छैठौं स्थानको भ्रमण गर्नेछ । यो महिनामा परिवारमा सुख सन्तोष छाउला । कसै कसैका लागि विवाहको योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

कुम्भ: यो महिनामा सूर्यले तपाईको राशिबाट पाँचौ स्थानको भ्रमण गर्नेछ । महिनाको पूर्वार्धमा अधिकार प्राप्तिकालागि संघर्श गर्नु पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । महिनाको उत्तरार्धबाट धर्म,कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ ।

मीन: यो महिनामा सूर्यले तपाईको राशिबाट चौथो स्थानको भ्रमण गर्नेछ । उक्त समयमा प्रेमी÷प्रेमिकाकाबिच खिन्नता बढ्नेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । खर्चिलो यात्रा रहनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । महिनाको उत्तरार्धबाट आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ ।

ज्यो.प.नारायणप्रसाद दुलाल