• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

असार महिनाको मासिक राशिफल : हेर्नुहोस् यी राशी हुनेहरुको चम्कीने छ भाग्य



मेष : यो महिनामा सूर्यले तपाईको राशिबाट तेस्रो स्थानको भ्रमण गर्नाले रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । राज्यबाट मानसम्मान मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । २० गतेबाट साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

वृष: वृष राशी हुनेहरूका लागि असार महिनामा गरेको कार्यमा सफलता पाईनेछ । विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अचल सम्पत्ती हातपर्ने योगछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

मिथुन : यो महिनामा तपाईंको राशिमा सूर्यले भ्रमण गर्नाले कार्य सम्पादनमा सहजता मिल्नेछ । अचल सम्पत्ती हातपर्ने योगछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बोलीको भरमा कार्य सम्पादन हुनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

कर्कट: यो महिनामा सूर्यले तपाईको राशिबाट बार्हौं स्थानको भ्रमण गर्नेछ । यो महिनामा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । १७ गतेबाट ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।

सिंह:असार महिना फलदायी रहनेछ । काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । शुभ कार्यको योग छ । कर्म प्राप्तिको योग देखिन्छ सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । व्यापार व्यवसायमा बृद्धि हुनुका साथै विशेष लाभ हुने देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

कन्या: यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । कला र गलाको प्रभाव बढ्दै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।

तुला: यो महिनामा विशेषगरी न्यायिक कार्यमा सफलता मिल्नेछ । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर मिलनको योग छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । घर, जग्गा खरिद तथा बिक्रिको योग छ ।

वृश्चिक: यो महिनामा सूर्यले तपाईको राशिबाट आठौँ स्थानको भ्रमण गर्नेछ । उक्त समयमा प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । कसै कसैका लागि विवाहको योग छ । दैनिक कार्यमा प्रगती हुनेछ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । लामो यात्रा सुखद र सफल हुनेछ ।

धनु: यो महिना त्यति राम्रो देखिँदैन, बन्न लागेको काम विग्रिनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्नेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । महिनाको अन्त्यमा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ

मकर : यो महिनामा सूर्यले तपाईको राशिबाट छैठौं स्थानको भ्रमण गर्नेछ । यो महिनामा परिवारमा सुख सन्तोष छाउला । कसै कसैका लागि विवाहको योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

कुम्भ: यो महिनामा सूर्यले तपाईको राशिबाट पाँचौ स्थानको भ्रमण गर्नेछ । महिनाको पूर्वार्धमा अधिकार प्राप्तिकालागि संघर्श गर्नु पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । महिनाको उत्तरार्धबाट धर्म,कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ ।

मीन: यो महिनामा सूर्यले तपाईको राशिबाट चौथो स्थानको भ्रमण गर्नेछ । उक्त समयमा प्रेमी÷प्रेमिकाकाबिच खिन्नता बढ्नेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । खर्चिलो यात्रा रहनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । महिनाको उत्तरार्धबाट आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ ।

ज्यो.प.नारायणप्रसाद दुलाल