१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब घरमै बसेर पनि सेवा पाइने



अ+ अ-

काठमाडौं । घरजग्गाको कारोबार गर्दा सेवाग्राहीले महिनौँसम्म मालपोतका कोठा÷कोठा धाउनुपर्ने अवस्था अन्त्य भएको छ । नमुना मालपोत कार्यालय कलङ्कीबाट अब सेवाग्राहीले घरमै बसेर आफ्नो घरजग्गाको विस्तृत विवरण पाउन सक्नेछन् ।

कुनै पनि जग्गाधनीले मालपोत कार्यालयबाट युजर नेम र पासवर्ड लिएर आफ्नो घरजग्गाको स्टेटमेन्ट जहाँसुकैबाट हेर्नसक्ने व्यवस्था मिलाइएको छ ।

घरैमा बसेर इन्टरनेटबाट लिखत तयार पारी अनलाइनबाटै विवरण पेस गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले भने, “सक्कल कागजात लिएर जग्गा लिने र दिने मात्र कार्यालय आएर सेवा दिनसक्ने प्रणाली ल्याइएको छ । सेवाग्राहीले कम समयमा सेवा लिन सक्ने छन् ।”, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।