१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बच्नुहोस् पित्तथैलीको पत्थरीबाट ? जान्नुहोस् उपाय



अ+ अ-

काठमाडौं । पित्तथैलीमा देखिने पत्थरी अहिले धेरै मानिसहरूलाई सताइरहेको एक जटिल रोग हो । यो रोग हरेक उमेर समूहमा देखिन्छ । तर, पनि ३० वर्षदेखि ४० वर्षको उमेरमा तुलनात्मक रूपमा धेरै देखिन्छ । यो रोग पुरुषको तुलनामा महिलामा बढी देखिने गरेको छ । यो रोग वंशाणुगत कारणले पनि हुन सक्छ । नेपालमा पनि पित्त थैलीमा पत्थरी हुने विरामीको संख्या बढ्दो क्रममा रहेको अनुमान गरिएको छ । पित्तथैलीको पत्थरी कुनै रोग विशेषको कारणले नभएपनि यस विषयमा भएका अध्ययनहरूले यसका विविध कारणहरू देखाएको छ ।

विविध कारणमध्ये मोटोपना, मधुमेह, धैरै तौल घट्नु, निरन्तर व्रत बस्नु, रक्तअल्पता, गर्भनिरोधक चक्कीको बढी सेवन आदि हुने गरेको तथ्यांकले देखाएको छ । सामान्यतः पित्तथैलीको पत्थरीका विरामीमा कुनै लक्षण देखिँदैन । अरू कुनै कारणले पेटको भिडियो एक्सरेगर्दा पित्तथैलीमा पत्थरी देखापर्छ । यसरी पत्थरी भएको फेला पर्नेहरूमध्ये करिब २० प्रतिशत मानिसहरूमा मात्र एकै खालका लक्षणहरू देखिनसक्छन् जसमा अधिकांशलाई पेट दुख्ने हुन्छ ।

पत्थरीका कारण हुने दुःखाइ दाहिने कोखा वा माथिल्लो पेटमा हुन्छ । यो दुःखाइ कहिलेकाँही दाहिने पाखुरा वा ढाडतिर पनि सर्नसक्छ । दुःखाइ चिल्लो खानेकुरा खाएपछि बढ्ने गर्छ । यसरी, देखापरेको दुःखाइ २४ घण्टाभित्रै ठीक हुनेगर्छ । जटिल हुँदै गएपछि हरेक दिनजस्तो दुख्न थाल्छ । पित्तथैलीको पथ्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स भएर फुलेजस्तो भान हुने, अपच हुने र डकार आउने पनि हो ।

धेरै मानिस पित्तथैलीको पत्थरीबारे भ्रममा रहने गरेका छन् । प्रायः पित्तथैलीको पत्थरीको अप्रेसन गरिन्छ र निको पारिन्छ । अप्रेशनमा पित्तथैली नै फालिन्छ । तर, मानिसहरूमा पित्तथैली फालेपछि कमजोर हुने र शरीर क्षीण हुँदै जाने भ्रम पनि छ, यो सत्य होइन । पित्तथैली फाले पनि मानिसको आयु र जीवनमा कुनै असर नपर्ने समाचार राजधानी दैनिकमा प्रकाशित छ ।