१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् आफ्नो बढुवा आफैं गर्ने भीआपीहरू



अ+ अ-

काठमाडौं । कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ? धेरैको उत्तर हुन्छ– सक्दैनन्। तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन् ।

पदमा बस्यो, नियम आफू अनुकूल बनायो अनि बढुवा भइहाल्यो। लामो सययदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ ।

त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन्। सहप्राध्यापकबाट हालै प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन्।

यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकूल नियम परिवर्तन गरेर बढुवा भएका थिए। शिक्षा अर्थशास्त्रका सहप्राध्यापक उप्रेती चार वर्षअघि रजिस्ट्रारमा नियुक्त भएका थिए तकालीन एमाले कोटाबाट। उनी एक महिनाअघि प्राध्यापकमा बढुवा भएका छन्।

उप्रेतीले बढुवा हुनुअघि आफू अनुकूल नियम परिवर्तन गरे र त्यही नियमका आधारमा माथिल्लो पदमा उक्ले। उनले त्रिवि कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावली संशोधन गरेर आफू अनुकूलको व्यवस्था कायम गरेका हुन्।

उनी रजिस्ट्रार हुनुअघि त्रिविमा सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा हुन दुई सय पूर्णांकको परीक्षा दिनुपर्दथ्यो। तर उप्रेतीले त्रिवि सभामा यो व्यवस्था परिमार्जन गरेर एक सय पूर्णांकमा झार्नुपर्ने प्रस्ताव लगेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।