१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भित्रियो मनसुन, केही दिनमै देशभर फैलिने



अ+ अ-

काठमाडौं । यस वर्षको मनसुन बिहीबारदेखि नेपाल भित्रिएको छ । नेपालको पूर्वी क्षेत्र हुँदै मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिए । विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएको औपचारिक जानकारी गराएको छ । मनसुन भित्रिएको जानकारी पाएसँगै अब धान रोपाइँ गर्ने किसानहरूमा खुशी छाएको छ ।

यतिबेला नेपालको इलाम, झापा, मोरङलगायतका पूर्वी तराईका जिल्ला र पहाडको ताप्लेजुङ इलाकामा मनसुनको असर परिरहेको छ । विभागका अनुसार पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ भने केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरिएको छ ।

नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्नेगर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो सुरु भएको हो । मनसुन सुरु हुनै लाग्दा अरब सागरमा उठेको आँधीले मनसुनको गतिविधिमा असर गरेका कारण नेपालमा ढिला गरी मनसुन भित्रिएको मौसमविद्हरू बताएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।