२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको सबैभन्दा महँगो घर किन्ने को हुन ?



अ+ अ-

काठमाडौं । अमेरिकाको म्यानहटन सहरमा रहेको एउटा अपार्टमेन्ट २ सय ३८ मिलियन अथवा २७ अर्ब १३ करोड २० लाखमा बिक्री भएको छ । यो अमेरिकामा बिक्री भएको घरमध्ये सबैभन्दा महँगो हो ।

अमेरिकाको सेन्ट्रल पार्कलाई सबैभन्दा महँगो बस्ती पनि मानिन्छ । सेन्ट्रल पार्कमै रहेको यो घर अमेरिकी अर्बपति केन ग्रिफनले किनेका हुन् । ग्रिफिन हेग फन्ड इन्भेस्टमेन्ट कम्पनीका रिटायर्ड संस्थापकले सो घर किनेका हुन् ।

५० वर्षीय ग्रिफिनले सोमबार मात्र पनि लन्डनको बर्किङघम प्यालेससँगै अर्को महँगो घर किनेका थिए । उनले त्यो घर १ सय २४ मिलियन अथवा १४ अर्ब १३ करोड ६० लाखमा किनेका थिए । यसअघि पनि ग्रिफिनले सन् २०१५ मा ६० मिलियनको सबैभन्दा महँगो घर किनेको रेकर्ड बनाएका थिए ।

गत वर्ष सिकागोमा गिफिनले ५९ मिलियन डलरको घर किनेका थिए । उनीसँग सिकागोमा मात्र तीन, फ्लोरिडामा पामबीचमा ६ तथा हुवाईमा दुईवटा महँगा घर छन् ।

सेन्ट्रल पार्कमा सन् २०१४ मा १ सय ३७ मिलियन अर्थात् १५ अर्ब ६१ करोड ८० लाखमा बिक्री भएको थियो । जसलाई यसअघिको सबैभन्दा महँगो घर मानिएको थियो ।