१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’का सर्लाही इन्चार्ज मारिएको घटनाबारे मानवअधिकार आयोगले अनुसन्धान गर्ने



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल दोहोरो मुठभेडमा बिहीबार प्रहरीको गोली लागी मारिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ।

आयोग प्रवक्ता वेदप्रसाद भट्टराईले उक्त घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय र प्रदेश नं २ कार्यालयबाट शुक्रबार नै घटनास्थलमा टोली खटाइएको विज्ञप्तिमार्फत जनाएका छन्।

विज्ञप्तिअनुसार केन्द्र र प्रदेशको संयुक्त टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ। घटनामा प्रहरीको गल्ती भेटिए कारबाहीको सिफारिस गरिनेसमेत आयोग स्रोतले जानकारी दिएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।