१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब पाठ्यक्रममा योग विषय राखिने



अ+ अ-

काठमाडौं । नसर्ने रोग रोकथाममा योगको प्रभावकारिता बढेसँंगै मानिसहरू योगप्रति आकर्षित हुन थालेका छन् । योगको व्यापकसँगै सरकारले पाठ्क्रममा पनि योग विषय राख्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नसर्ने रोगको जोखिम घटाउन योग अनिवार्य भएको बताउनुभयो । उहाँले सरकारले योग प्राकृतिक चिकित्सा, आयुर्वेदलाई विशेष महत्व दिएर विद्यालय तहको पाठ्यक्रममा नै योगसम्बन्धी विषय समावेश गर्न लागिएको जानकारी दिनुभयो ।

योगसम्बन्धी पाठ्यक्रम साउनसम्म पूरा भइसक्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “सम्भवतः आउँदो शैक्षिक सत्रदेखि योग, आयुर्वेद र प्राकृतिक चिकित्सासम्बन्धी अध्ययन हुने छ । ” उहाँले विद्यालय पाठ्यक्रम मानिसको जीवनशैली परिवर्तन गर्ने खालको आउने भन्दै विद्यालयस्तरदेखि नै जीवनशैलीबारे ख्याल राख्ने हो भने नसर्ने रोगको जोखिम घटाउन सकिने बताउनुभयो । पछिल्लो समय मानिसको जीवनशैली परिवर्तन हुँदा मधुमेह, मुटुरोग, क्यान्सर, मिर्गौला रोगजस्ता जटिल रोगले सताउन थालेको छ ।

पाठ्यक्रम विकास केन्द्रलाई पाठ्यक्रम तयार पार्न निर्देशन दिइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, “योग, आयुर्वेद, प्राकृतिक चिकित्सासम्बन्धी पाठ्यक्रम निर्माणका लागि कार्यदल गठन गरी काम भइरहेको छ । ” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेलको संयोजकत्वमा योग, आयुर्र्वेद र प्राकृतिक चिकित्सा विषय पाठ्यक्रममा समावेश गर्नलाई कार्यदलसमेत गठन गरेको छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।