१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारले ‘भेटेन’ जोशीको फाइल



अ+ अ-

काठमाडौं । अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण सर्वोच्च अदालतलाई दिएको छ। अख्तियारका सचिव महेश्वर न्यौपानेले सर्वोच्चमा गएर यस्तो प्रस्टीकरण बुझाएका हुन्। प्रस्टीकरणमा फाइल खोजीका लागि अख्तियारले विशेष समिति गठन गरेको उल्लेख छ। सर्वोच्चले गत जेठ २३ गते जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा निर्णय फाइल नपठाएर अख्तियारले असहयोग गरेको भन्दै अख्तियारका जिम्मेवार पदाधिकारीलाई सजाय र कारबाहीको चेतावनी दिएको थियो।

जोशीविरुद्ध अख्तियारले गरेको पुनरावेदनमा भएको आदेशअनुरूप चौथो पटकसम्म पनि निर्णय फाइल नआएपछि सर्वोच्चले यस्तो चेतावनी दिएको हो। जोशीविरुद्धको उजुरीमा छानबिनका लागि अनुसन्धान अधिकृत तोक्ने गरी भएको निर्णय फाइल पठाउन सुरुमा २०७१ असोज २९ गते आदेश भएको थियो। त्यसयता तेस्रोपल्टसम्म यस्तो आदेश भएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले अख्तियारले विभिन्न समयमा पठाएका जवाफ जिम्मेवारीपूर्ण नभएको भन्दै आपत्तिसमेत जनाएको थियो।

अख्तियारका कारण न्याय निरूपणमा ढिलाइ भएको, न्यायिक प्रक्रियामा अवरोध पैदा भएको र मुद्दाका पक्षलाई अनावश्यक हैरानी भएको भन्दै अवहेलनामा कारबाही चलाउने चेतावनीसहित सचिवलाई उपस्थित हुन भनिएको थियो। १५ दिने म्यादभित्रै उपस्थित भई अख्तियारका सचिव न्यौपानेले तीन पृष्ठ लामो प्रस्टीकरण बुझाएका हुन्।

सर्वोच्च स्रोतका अनुसार जेठ ४ गतेको मितिमा प्रस्टीकरण दर्ता भएको छ। सचिव न्यौपानेले आयोगबाट निर्णय खोजी जारी रहेको र आफू अख्तियारमा आएपछि अझै तीव्रतापूर्वक खोजी अघि बढाइएको प्रतिरक्षा सर्वोच्चसमक्ष गरेका छन्। उनी २०७४ चैत २६ गतेदेखि अख्तियारमा छन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।