१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘खस सङ्ग्रहालय’ सिन्जामा



अ+ अ-

काठमाडौं । सिन्जामा खस सङ्ग्रहालय बन्ने भएको छ । यहाँ खस सङ्ग्रहालय बनेपछि देश तथा विदेशबाट सिन्जा सभ्यता हेर्न आउनेलाई सजिलो हुने भएको छ ।

सिन्जा सङ्ग्रहालयका अभियन्ता डिल्लीप्रसाद तिवारी प्रसन्न छन् । उनले भने, “यो सङ्ग्रहालयले यहाँ आउने पर्यटक र अनुसन्धानकर्ताहरूलाई सिन्जा सभ्यताको अध्ययन गर्ने अवसर दिनेछ । ”

सिन्जा गाउँपालिका वडा नं। २ बिष्टबाडामा यो सङ्ग्रहालय निर्माण सुरु भएको छ । तत्कालीन समयमा विशाल साम्राज्य भएको सिन्जा सभ्यताका ऐतिहासिक तथा पुरातात्विक सम्पदा अहिलेसम्म ओझेलमा परेका थिए । पुरातात्विक सम्पदा विस्तृत रूपमा खोज अनुसन्धान हुन सकेको छैन । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा भने सिन्जा क्षेत्र पनि परेको छ ।

सङ्ग्रहालय शिलान्यास कार्यक्रम पनि विशेष प्रकारकै थियो । खस सभ्यता झल्किने गुन्यू–चोली, कालो कम्बल र गहनासँगै सजिएका स्थानीय महिलाले मागल गाएका थिए । पञ्चेबाजा बजाउँदै र कलश यात्राको कलाले प्राचीन सिन्जाको झल्को दिएको स्थानीय बताउँछन् । हुन पनि नेपाली भाषाको उद्गम स्थल तथा बहुप्रतिष्ठित सभ्यताको मुहान हो– सिन्जा । सिन्जा क्षेत्रमा सरकारद्वारा खस सङ्ग्रहालय निर्माण कार्य आरम्भ हुँदा स्थानीय खुसी रहेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।