• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   दुग्ध किसानहरुले सरकारसँग पसिनाको मूल्य माग गरेका हुन्: सांसद बाँस्कोटा ★   साउदी अरबका लागि राजदूतमा सिफरिस गरिएका अबुसुफ्यान खान बिरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी ★   कोशेढुङ्गा बन्यो तालिम ★   असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस्: सांसद पौडेल ★   टस हार्नु हाम्रो लागि सौभाग्य भयो: एडेन मार्करम ★   एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल ★   सरकारले राजदुत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ: सांसद साउद ★   मापसे गरी झगडा गरेपछि उड्नै लागेको जहाजबाट फर्काइए राजेशपायल ★   सहज बन्दै बेनीका सडक ★   विपद्मा परेका नागरिकको उद्धार र पुन:स्थापना गर्न सांसदहरुको माग

जनताका सांसद अदालतले कैदी बनायो, सरकारले लगायो साङ्लो



काठमाडौं । अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो ।

कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिए । यसलगत्तै कर्मचारी तथा प्रहरीमाथि कारबाही प्रक्रिया पनि सुरु भएको छ ।

टीकापुर हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका चौधरीलाई बिहीबार वीर अस्पतालमा भर्ना गरिएको थियो । बेडमा रहँदासमेत उनलाई नेल लगाइएको थियो । चौधरीको नेलसहितको तस्बिर बाहिरिएपछि यसबारे चर्चा सुरु भएको थियो । यो चरम अमानवीय व्यवहार भएको भन्दै जेल र प्रहरी प्रशासनको आलोचना भएको थियो । प्रहरी अधिकारीहरूले भने चौधरी भाग्न सक्ने कारण देखाएर नेल लगाइएको बताएका छन् ।

जेलरको आदेशमा चौधरीलाई लगाइयो नेल

चौधरीलाई जेलरको आदेशमा नेल लगाइएको प्रहरी अधिकारीहरूले बताएका छन् । डिल्लीबजार कारागारमा जेलर अर्जुन पोखरेल कार्यरत छन् । स्रोतका अनुसार चौधरी भाग्न सक्ने भन्दै जेल प्रशासनले नै उनलाई अस्पतालमा समेत नेल लगाउने निर्णय गरेको थियो । तर, यो विषय प्रहरीको अधिकार क्षेत्रमा पर्ने भन्दै पोखरेल पन्छिए । प्रहरीले नै सुरक्षा अवस्था हेरेर नेल वा हत्कडी लगाउनेबारे निर्णय गर्ने उनले बताए ।

के छ नियमावलीमा ? प्रहरीको जागिर जोगाउन नेल हत्कडी

कारागार नियमावली, २०२० को दफा ७ मा जेलबाट भागेको, भाग्ने प्रयास गरेको वा कारागारसम्बन्धी अपराध गरेको कैदीबाहेक अन्यलाई नेल हत्कडी नलगाइने उल्लेख छ । बाटोमा हुँदा हत्कडी लगाउनैपर्ने प्रावधान छ । तर, अस्पतालमा हुँदा मानवअधिकारको दृष्टिकोणले पनि हत्कडी लगाउन मिल्दैन । तर, सुरक्षामा पाँच प्रहरी खटिए पनि चौधरीलाई नियमावलीविपरीत नेल लगाइएको थियो ।

स्रोतका अनुसार पछिल्लो समय अस्पतालबाट कैदी भाग्ने क्रम बढेपछि सामान्य कैदीबन्दीलाई समेत नेल लगाउन थालिएको छ । प्रहरीले ड्युटीमा ख्याल नगर्दा कैदी भाग्ने गर्छन् । यस्तोमा प्रहरी अधिकारीको जागिर नै जान्छ । सुरक्षामा खटिएका प्रहरीहरूले ड्युटीमा ध्यान नदिएकै कारण धेरैपटक कैदी भागेपछि उनीहरूलाई जागिरबाट हटाइएका घटना छन् । प्रहरीले आफ्नो जागिर जोगाउनकै लागि यसरी अनावश्यक रूपमा मानवअधिकार हनन गर्ने गरेका छन् ।

जेलर र प्रहरीमाथि कारबाही सुरु

गृह मन्त्रालयले डिल्लीबाजर कारागारका जेलर अर्जुन पोखरेललाई स्पष्टीकरण सोधेर कारबाही गर्ने तयारी गरेको छ । त्यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि छानबिन थालिसकेको छ । दोषी प्रहरीमाथि कारबाही हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षत्रीले बताए । डिल्लीबजार कारागारमा इन्स्पेक्टर पुरुषोत्तम थपलियाको नेतृत्वमा प्रहरी खटिएको छ ।

छानबिन थालेका छौँ : डिआइजी शैलेश थापा, महानगरीय प्रहरी कार्यालय

उनलाई अस्पतालमा रहँदा नेल र हत्कडी लगाइएको कुरा आएपछि हामीले आन्तरिक छानबिन थालेका छौँ । कारागार प्रशासनले अस्पताल लैजाँदा कैदीहरूलाई हत्कडी लगाउन सक्ने प्रावधान छ । दोषी प्रहरीलाई कसुरको आधारमा कारबाही हुनेछ ।

यो प्रहरीले हेर्ने विषय हो : अर्जुन पोखरेल, जेलर, डिल्लीबजार कारागार

अस्पताल लैजाँदा कसरी कैदीबन्दीको सुरक्षा गर्ने भन्ने विषय प्रहरीले हेर्ने गर्छ । हामीले त उनीहरू भाग्न नसक्ने गरी सुरक्षा व्यवस्था मिलाउनु मात्र भन्ने गर्दछौँ ।

रेशम चौधरीलाई अस्पताल लैजाँदा पनि हत्कडी र नेल लगाइएको रहेछ । त्यो केही समय मात्र लगाइएको हो भन्ने लाग्छ । अहिले लगाइएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।