• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य ★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

विपद्मा परेका नागरिकको उद्धार र पुन:स्थापना गर्न सांसदहरुको माग



काठमाडौँ । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले विपद्मा परेका नागरिकको उद्धार र पुन:स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले मनसुनको शुरुवाती चरणमै देशका विभिन्न ठाउँमा धनजनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले विराटनगर डुबानमा परेका कारण जनजिवन प्रभावित भएको भन्दै डुबानमा परेका नागरिकलाई उद्धार गर्न माग गर्नुभयो । उहाँले सरकारले ठूला–ठूला कुरा गरेर मात्रै नहुने भन्दै डुबानमा परेका नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विराटनगर अहिले जलमग्न छ । बाढीले गर्दा विराटनगरमा कुनै किसिमको आवत्जावत् गर्ने स्थितिमा छैन । सरकारले कसरी त्यसको व्यवस्थापन गर्ने ? कसरी चाँडै उद्धार गर्ने ? त्यो कुराको ध्यान दिइराखेको छैन । सरकारलाई विशेष ध्यान दिन भन्न चाहन्छु कि कुराले चिउरा भिज्दैन । त्यसको निम्ति दहि, मोही चाहिन्छ । सरकारले तुरुन्त त्यहाँको उद्धार गर्नुपर्‍यो । ठुला ठुला कुरा गरेर भएन । बस्ती डुबेको छ । त्यो कुराको व्यवस्थापन सरकारले तुरुन्त गर्नुपर्‍यो । विराटनगरमा पानीको निकासका लागि कम बजेट विनियोजन हुँदा वर्षेनी समस्या आउने गरेको छ ।’

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले ताप्लेजुङ, ओखलढुङ्गा लगायतका ठाउँमा पोहोर गएको विपद्को क्षतिपूर्ति र राहत आजसम्म नपाएका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले गृहमन्त्रीले विपद्का फाइलहरु खोलेर जनतालाई राहत दिनुपर्ने बताउनु भयो । उहाँले जनताको पुन:स्थापना गर्ने र जनतालाई राहत दिने फाइलहरु खोल्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एक वर्षसम्म गृहमन्त्रालयको विपद् प्राधिकरण अन्तर्गत हुने काममा अहिलेसम्म केही भएको छैन । ति घरहरुलाई व्यवस्थापन गर्न र विपद्बाट पीडितहरुलाई स्थानान्तरण गर्न अथवा पुन:वासको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्न चाहन्छु । एक वर्ष अगाडी ताप्लेजुङ, ओखलढुङ्गा लगायतका ठाउँमा भएका विपद्का फाइलहरु गृहमन्त्रालयमा थन्किएर बसेका छन् । म गृहमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु, तपाई फाइल धेरै हेरिरहनुभएको छ । कमसेकम विपद्मा परेका फाइलहरु, जनतालाई राहत दिने फाइलहरु, पुन:स्थापना गर्ने फाइलहरु ति फाइलबाट जनतालाई राहत हुन्छ भने त्यस्ता फाइलतिर पनि गृहमन्त्रीको ध्यान जाओस् ।’

प्रतिनिधि सभा सदस्य किरण शाहले विपद्मा परेर नागरिकको मृत्यु भइरहँदा र बिस्थापित भइरहँदा मन्त्रीहरु भने मिशन ०८४ मा व्यस्त भइरहेका बताउनु भयो । उहाँले मधेश प्रदेशका विभिन्न भू–भागहरु डुबानमा परेका भन्दै उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘गत वर्ष प्राकृतिक प्रकोपले कम्तिमा ५० जनाको मृत्यु भएको र सयौँ जना बिस्थापित भएका थिए । यस वर्ष पनि मृत्यु र विस्थापितको क्रम जारी छन् । मन्त्रीहरु भने मिशन ०८४ मा व्यस्त छन् । यो निकै दु:खद् हो । मधेस प्रदेशका केही भूभागहरु डुबानमा परेको छ । मृत्युवरणमा परिसकेको छ । उद्धार गर्न जरुरी देखिएको छ ।’

आकस्मिक समयमा बोल्ने अन्य सांसदहरुले पनि आ–आफ्नो क्षेत्रमा विपद्का कारण जनधनको क्षति भएको भन्दै राहत, उद्धार तथा पुन:स्थापनाको माग गरेका थिए ।