१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्रुतमार्ग निर्माणको समय एक वर्ष थप्न सेनाको प्रस्ताव



अ+ अ-

काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माण सम्पन्न अवधि एक वर्ष थप्न प्रस्ताव गरेको छ। करिब सवा १ खर्ब रुपैया लागत अनुमान गरिएको द्रुतमार्ग २०७८ सालभित्र सम्पन्न हुनेगरी सरकारले दुई वर्षअघि सेनालाई आयोजना हस्तान्तरण गरेको थियो।

तर पूर्वसर्त र सम्झौता अनुसार निर्माण कार्य कठिन रहेको औंल्याउँदै सेनाले एक वर्ष म्याद थप्न प्रस्ताव गरेको हो। टनेल, ब्रिजलगायत निर्माणमा विदेशी कम्पनीको सहयोग लिनेगरी तयार पारेको गुरुयोजना नै स्वीकृत नभइसकेको अवस्थामा सेनाले निर्माण अवधि बढाउन प्रस्ताव गरेको हो।

मन्त्रिपरिषद्ले गुरुयोजना पारित नगर्दा समयमै काम गर्ने पूर्वनिर्धारित तालिकामा असर परेको सेनाले जनाएको छ। सेनाले रक्षा मन्त्रालयसमक्ष पूर्वनिर्धारित चार वर्षभित्र काम सम्पन्न गर्न नसक्ने र कम्तीमा १४ महिना थप समय आवश्यक पर्ने जानकारी गराईसकेको छ। दुई साताअघि राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा पनि सेनाले २०७९ भित्र आयोजना सक्ने जनाउ दिएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।