१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध विमानस्थलमा ठेक्का गरिएको भन्दा पाँच गुणा बढी खर्च



अ+ अ-

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन्दा ५ गुणा बढी खर्च हुने देखिएको छ।

विमानस्थल निर्माणभन्दा तीन गुणाबढी रकम जग्गा अधिग्रहणमा लागेकाले लागत बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। जग्गा अधिग्रहणलाई विमानस्थलको भौतिक पूर्वाधारसँग नजोडिएकाले पनि यसलाई एकमुष्ट खर्चमा देखाउँदा भने विमानस्थल निर्माणमा ठूलो रकम खर्च भएको प्राधिकरणको भनाइ छ। विमानस्थल निर्माण र पछिल्लो समय लागेको प्राविधिक कामको ठेक्कासमेत गरेर करिब साढे ७ अर्ब छुट्टयाइएको छ।

२३ अर्ब ५९ करोड मुआब्जाको निम्ति, कार्गो भवन निर्माणमा ९० करोड, बाहिरी पेरिमिटर सडक ९० करोड, फिनिसिङ तथा खोला डाइभर्सनमा ५० करोड खर्च हुने अनुमान आयोजनाको छ।

विमानस्थल निर्माणका निम्ति कार्गो विल्डिङबाट एप्रोनसँग जोड्ने सडक निर्माण गर्नुपर्ने, एरोब्रिज राख्नेसहितको काममा अझै डेढ अर्ब खर्च अनुमान गरिएको छ। सम्पूर्ण काम सक्दा र यो विमानस्थल सञ्चालनमा ल्याउँदासम्म करिब ३५ अर्ब रुपैयाँ खर्च हुने अनुमान पनि विमानस्थल आयोजनाको छ। प्राधिकरणका अनुसार यो विमानस्थल बनाउन करिब साढे ७ अर्ब रुपैयाँको मात्रै ठेक्का भएर मुख्य भौतिक पूर्वाधार निर्माणको काम गरिएको हो।

यो रकमबाट विमानस्थलको मुख्य धावनमार्ग, यात्रु सेवा भवन, कन्ट्रोल टावर, ट्याक्सी वे, एप्रोनसहितको काम हुनेछ। यो बाहेक ठूलो रकम विमानस्थलका निम्ति आवश्यक जग्गामा खर्च भएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।