२० आश्विन २०८१, आईतवार
,
Latest
प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवान शिवलाई खुशी पार्ने पाँच उपायः जसलाई पूरा गरेमा मिल्छ चिताएको कुरा



अ+ अ-

काठमाडौं । कालो तिललाई ज्योतिषमा धेरै महत्व दिदै यसको प्रयोगले सबै समस्या टाढा हुनसक्छ। जान्नुहोस ज्योतिषका अनुसार कालो तिलको ५ उपाय, जसले गरीबी टाढा हुनसक्छ र भाग्यको साथ सधै मिल्छ।

यी हुन् ति ५ उपायः

१. हरेक शनिवार शुद्ध जलमा कालो तिल मिसाएर ऊँ नम शिवाय मन्त्रको जप गर्दै शिवजीलाई चढाउनुस।
२. हरेक शनिवार कालो तिल, कालो मासलाई कालो कपडामा बेरेर कुनै गरिब व्यक्तिलाई दान गर्नुस। यो उपायले पैसासँग जोडिएका समस्या टाढा हुन्छ।

३. हरेक शनिवार दुधमा कालो तिल मिसाएर पिपललाई चढाउनुस। यस्तो गर्नाले जस्तो सुकै नराम्रो समयपनि टाढा हुन्छ।
४. कालो तिल दान गर्नाले राहु(केतु र शनि सम्वन्धि धेरै अशुभ योगको नराम्रो प्रभाब टाढा हुन्छ। कालसर्प योग, साढेसाति यस्तोमा यो उपाय अपनाउन सकिन्छ।

५. यदि शनिको सांढेसाती समय चलिरहेको छ भने कुनै पवित्र नदीमा कालो तिल चढाउनु पर्छ। यो उपायले शनि दोषबाट शान्ति मिल्छ ।

को हुन शिव…?


शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो। वेदमा यिनको नाम रुद्र भनिएको छ। यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। यिनको अर्धाङ्गिनी (शक्ति)को नाम पार्वती हो। यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक स्कन्द र अर्का गणेश हुन्। हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्ठीकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हुन्।

श+िव= शिव मिलेर बनेको शिवको नामको “ि” लाई हटाएमा “शव” शब्द बन्छ तसर्थ शिवलाई जिव अथवा प्राण भनेर चिनिन्छ। शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ। देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमर भन्दा तलको भागमा छ। त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिन्छ। शिव अधिकतर चित्रहरूमा योगीको रूपमा देखिन्छन् र उनको पूजा लिंगको रूपमा गरिन्छ। भगवान शिवलाई संहारको देवता भनिन्छ।

भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्। त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यीनी काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन्।

शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्। भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ।