१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहमा बैंक नहुँदा सदरमुकाम धाउनुपर्ने बाध्यता



अ+ अ-

डोल्पा । डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ । स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका डोल्पोबुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिका गरी चार वटा गाउँपालिकामा तोकिएका बैंकले अझै आफ्ना शाखा स्थापना नगर्दा दैनिक कारोवारका लागि सदरमुकाम बस्नुपरेको हो ।

डोल्पो बुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकाका लागि राष्ट्रिय वाणिज्य बैंकलाई तोकिएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा प्रभु बैंक, काइके गाउँपालिकामा नेपाल बैंकको शाखा विस्तार गर्ने भनिएको छ । सुरक्षाको कारण देखाउँदै बैंक उपल्लो डोल्पाका नमानेको स्थानीय सरकारको प्रमुखले बताएका छन् । बैंक स्थापनाका लागि बारम्बार ताकेता गर्दा बैंकले साल्दाङमा स्थायी प्रहरी चौकी नबसुन्जेलसम्म बैंकको शाखा स्थापना गर्न नसकिने जवाफ दिएको शे–फोक्सुण्डो गाउँपालिका–८ पुग्मका आङबहादुर लामाले बताउनुभयो ।

शे–फोक्सुण्डो गाउँपालिकामा साउनभित्र बैंकको शाखा स्थापना गर्ने प्रभु बैंकसँग सहमति भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंकले पनि डोल्पोबुद्ध गाउँपालिकाको धो र छार्का ताङसोङ गाउँपालिकाको छार्कामा बैंक स्थापनाका लागि अध्ययन गर्न जेठ दोस्रो हप्तातिर बैंकको टोली पठाएको थियो । धो पुगेको उक्त टोलीका सदस्यलाई लेक लागेर उद्धार गरी झार्नु परेपछि ती गाउँपालिकामा बैंक स्थापनाको काम झनै अन्योल बनेको डोल्पोबुद्ध गाउँपालिकाले बताएको छ ।

डोल्पाका आठ स्थानीय तहमध्ये हालसम्म चार वटा स्थानीय तहमा मात्र बैंक स्थापना भई सञ्चालन भएका छन् । ठूलीभेरी नगरपालिकामा नेपाल बैंक लिमिटेड पहिले नै सञ्चालनमा थियो भने त्रिपुरासुन्दरी नगरपालिकामा माछापुच्छे बैंक, जगदुल्ला गाउँपालिकामा नेपाल बैंक लिमिटेड र मुड्केचुला गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक स्थापना भएर काम भएका छन् ।

बैंक स्थापना नभएका स्थानीय तहको काम हप्ता लगाएर अझै जिल्ला सदरमुकाम दुनै आएर काम गर्नुपर्दा निकै सास्ती खेप्नुपरेको स्थानीयले बताएका छन् । सङ्घ र प्रदेशबाट आएका विकास निर्माण तथा स्थानीय तहका सम्पूर्ण आर्थिक गतिविधि सञ्चालनका सदरमुकाम दुनै आउनु पर्दा समस्य मात्र भएको छैन, जाँदा सुरक्षाको चुनौतीसमेत थपिएको छ ।