१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोड रुख रोप्दै सरकार



अ+ अ-

काठमाडौं । करिब ९ वर्षअघि वनमन्त्री थिए, राप्रपाका दीपक बोहरा। कालापत्थरमा मन्त्रिपरिषद् बैठक गर्नेदेखि चितवन निकुञ्जमा मिचाहा झार उखेल्नेसम्मका कार्यक्रम उनकै पालामा भए। २०६६ सालको मनसुन अवधिमा बोहराकै पहलमा एकै दिनमा एक लाख बिरुवा रोप्ने कार्यक्रम पनि आयोजना भयो।

राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पार्टीका प्रमुख, मन्त्रीदेखि उच्च ओहदाका व्यक्तिलाई प्रमुख अतिथि बनाएर काठमाडौंका १२ स्थानमा एकै दिन एक लाख विरुवा रोपियो पनि तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले गागालफेदीको ढकालडाँडामा रुद्राक्ष रोपेर कार्यक्रमको थालनी गरेका थिए।

त्यतिवेला डाँछी, गागलफेदी, कपन, गोकर्ण, नयाँपाटी, बूढानीलकण्ठ, टोखालगायत स्थानमा एक लाख विरुवा रोपिए। वन मन्त्रालयले आफ्नै नर्सरीबाट विरुवा जुटाएको थियो। वागमती सुधारसम्बन्धी कार्ययोजना बनाउन एसियाली विकास बैंकले दिएको रकम वृक्षारोपण गरिएको कोषका तत्कालीन सदस्यसचिव जुद्धबहादुर गुरुङले जानकारी दिए।

विभिन्न शीर्षकमा २५ ३० लाख खर्च भएको हुनसक्ने उनको भनाइ छ। यसरी रोपिएका विरुवाबारे बेखर रहेको सरकार यही असार १४ गते एक करोड विरुवा रोप्ने अभियानको तयारीमा छ। वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगाना भन्छन्, ‘त्यो पुरानो विषय पनि भयो, अब फेरि विरुवा रोप्ने अभियान थाल्दैछौँ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।