१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रमुखले आफ्नै पतिलाई दिइन् छोरा हेर्न जागिर, मासिक २३ हजार तलब



अ+ अ-

काठमाडौं । उपप्रमुखको कार्यकक्षको झुलमा दुई वर्षीय छोरा सुत्छन्। उनलाई झुलाउन उपप्रमुखका पति खटिएका छन्। खासमा उनी उपप्रमुखका स्वकीय सचिव हुन्। बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले चुनाव जित्दा ३ महिनाका शिशु काखमा थिए।

उनले छोराको रेखदेख गर्न पतिलाई स्वकीय सचिवमा नियुक्त गरिन्। छोराको हेरचाह गर्नु र फुर्सद मिलेमा सामान्य सरकारी कामकाजलार्य सघाउनु स्वकीय सचिव मंगल चौधरीको काम हो।

उपप्रमुख सरकारी कामका लागि टाढा जानुपर्दा छोरा बोक्दै पति पनि जान्छन् ‘हो, मेरा पतिले छोरा हेर्नुहुन्छ र मेरो सचिवालयलाई सघाउनु पनि हुन्छ,’ उनले भनिन्। स्वकीय सचिवको औपचारिक व्यवस्था भने गरिएको छैन।

आन्तरिक श्रोतबाट तलब दिने गरी खरिदारसरहको दरबन्दी सिर्जना गरिएको छ। त्यसका लागि मासिक २३ हजार पाँच सय रुपैयाँ पारिश्रमिक दिइन्छ। कानुनी रुपमा भने मिलाउन अप्ठ्यारैरहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।