१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिका अध्यक्षको कार्यकक्षमै बम, २० घन्टापछि सेनाद्वारा डिस्पोज



अ+ अ-

जाजरकोट । अज्ञात समूहले वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको कार्यकक्षमा राखेको सकेट बम नेपाली सेनाले २० घन्टापछि डिस्पोज गरेको छ। ११ घन्टाको यात्रा गरेर सदरमुकामबाट गएको सेनाको टोलीले मंगलबार साँझ ७ बजेतिर बम डिस्पोज गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार सेनाले एउटा सकेट बम र अर्को जिआइपाइप र स्टीलको वट्टालाई नियन्त्रणमा लिएर हटाएको हो।

गएराति करिब १२ बजेतिर राखिएको उक्त बम डिस्पोजको लागि नेपाली सेनाको एक टोली मंगलवार विहान ८ वजे खलंगाबाट वारेकोटतर्फ गएको थियो। सेनाको ज्वाला दल गणका सहसेनानी जयराम घिसिङको नेतृत्वमा गएको टोलीले बम डिस्पोज गरेको हो। सेनाको टोली वारेकोट नपुगेसम्म इलाका प्रहरी कार्यालय रामीडाडाका प्रहरीहरुले बम राखिएको क्षेत्रमा सुरक्षा दिएका थिए। वम राखेको कुरा प्रहरी र स्थानीयले विहान ६ बजे मात्र थाहा पाएका थिए।

गाउँपालिकाका अध्यक्ष शाहको कार्यकक्ष प्रवेश गर्ने ढोकामा बम राखेका कारण मंगलबार गाउँपालिकाको काम पुरै ठप्प रहेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।