१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य तोलाको ७० हजारसम्म पुग्न सक्ने , कति पुग्यो आज ?



अ+ अ-

काठमाडौ । गत सातादेखि लगातार उकालो लाग्दै आएको सुनको मूल्य बढ्ने क्रम जारी छ । सोमबार प्रतितोला ६५ हजार रुपैयाँ रहेको सुनको मूल्य मंगलबार तोलामा ५ सय बढेर ६५ हजार रुपैयाँ ५ सय पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको असर स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार तोलामा ६५ हजार ५ सय मूल्य अहिलेसम्मकै रेकर्ड हो । महासंघका अध्यक्ष मोहन विश्वकर्माले अमेरिका र इरानबीच भएको द्वन्द्वका कारणले सुनको मूल्य अकासिएको बताए ।

“गत सातादेखि सुनको मूल्य लगातार बढ्दै गएको छ,” उनले भने, “मूल्यवृद्धि भइ कारोबार कम हुँदा व्यवसायीलाई असर परेको छ ।” सुनको मूल्य बढ्दा व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर परेको उनको भनाइ छ । लगनको समय भएपनि मूल्य बढेकाले बजारमा सुनको माग एकदम न्यून छ । उनले भने, “अहिले नयाँ गहना भन्दा पनि पुराना गहना बेच्नेको भीडभाड धेरै छ ।” महासंघका अनुसार लगनको समयमा दैनिक ३० देखि ४० किलो सुनको कारोबार हुने गरेकोमा अहिले बजारमा सुनको कारोबार नै ठप्प जस्तो भएको छ । सधैँजसो भीडभाड हुने न्यूरोड लगायतका क्षेत्रका सुन पसलमा यतिबेला सुनसानजस्तै छन् ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंश १४०४ डलर रहेको सुनको मूल्य मंगलबार १४३५ डलर पुगेको छ । अमेरिका र इरानबीचको युद्धका कारण लगानीकर्ता सुनमा आकर्षित भएपछि मूल्यमा प्रभाव परेको हो ।

सुनको मूल्य बढेर प्रतिऔंश १५०० डलरसम्म पुग्ने विज्ञहरूले अनुमान गरेका छन् । सो अनुमान सावित भएमा स्थानीय बजारमा सुनको मूल्य तोलामै ७० हजारसम्म पुग्ने विज्ञहरूको अनुमान छ ।

यसअघि २०७० भदौ १२ गते सुनको मूल्य तोलामै ६३ हजार ३ सय पुगेको थियो । मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पनि ६३ हजार ३ सय रुपैयाँ पुगेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।