२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीको आक्रमणबाट मृत्यु



अ+ अ-

कञ्चनपुर । लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारीदिनुभयो ।

घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । “हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भागे”, उहाँले भन्नुभयो, “खगिलाई भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा तोड्यो । हो–हल्ला गरी हात्ती भगायौँ, अस्पताल पु¥याउँदा ज्यान गयो ।”

शिवरमा रानाका श्रीमती, बुहारी र नातिनतिनासँग बस्दै आएका थिए । हात्तीले शिविरका बासिन्दाका २०  झुपडीसमेत भत्काइदिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति ८ः३० बजे १५ बढीका सङ्ख्यामा छावासहितको जङ्गली हात्तीको बथान शिविरमा छिरेको उहाँको भनाइ छ । हात्तीले झुपडी भत्काउन सुरु गरेपछि शिविरका बासिन्दा सबै एकै ठाउँमा जम्मा भएर हो–हल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको बताइएको छ ।

शिविरसहित हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाको समेत घर भत्काइदिएको वडाध्यक्ष फुलाराम चौधरीले बताउनुभयो । हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको उहाँले बताउनुभयो ।