• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले ★   गोर्खा मिडिया नेटवक प्रा.लि.मा प्रवाहित रकमबारे संसदीइ समितिको चासो ★   चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध ★   ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै ★   प्रभु बैँक लि.र मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता ★   ‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’ ★   ‘ओस्कार अवार्ड जित्ने अभिनय’ गरेका गुलबदिन नइबमाथि प्रतिबन्धको खतरा ? ★   राडीपाखी बुन्ने चलन हराउन थाल्यो ★   कारागार व्यवस्थापन विभागद्वारा कैदकट्टाका लागि ६२० जनाको नाम सिफारिस-नामावली सहित

ईपीजी प्रतिवेदन छिट्टै बुझी कार्यान्वयनमा आउन्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध पुनरवलोकन गर्न बनेको प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन छिट्टै कार्यान्वयनमा जाने बताएका छन् ।

परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शनिबार आयोजित राष्ट्रिय विदेश नीति संवादमा उहाँले प्रतिवेदन दुवै सरकार प्रमुखले चाँडै बुझेर कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेका हुन् ।

“भारतसँगको सम्बन्ध पुनरवलोकन गर्न बनाएको ईपीजीको प्रतिवेदन बुझाउने वातावरण बनिरहेको देखेको छु । त्यसपछि कार्यान्वयनमा कसरी अघि बढाउने भन्ने चरणमा प्रवेश गर्नेछौँ”, उनले भने । उनले भारत र चीन दुवैसँग नेपालको सम्बन्ध सङ्लिएको उल्लेख गर्दै राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सार्वभौमिक समानताका आधारमा सम्बन्ध अघि बढाइएको बताए ।

उनले परराष्ट्र नीति विभाजित हुन नसक्ने बताए । “हाम्रो वैदेशिक सम्बन्ध र परराष्ट्र नीति साझा चासोको विषय हो । यस विषयमा सिङ्गो देश एउटै नीति र भाषामा बोल्नुपर्छ”, उनले स्पष्ट पारेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।