२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपीजी प्रतिवेदन छिट्टै बुझी कार्यान्वयनमा आउन्छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध पुनरवलोकन गर्न बनेको प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन छिट्टै कार्यान्वयनमा जाने बताएका छन् ।

परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शनिबार आयोजित राष्ट्रिय विदेश नीति संवादमा उहाँले प्रतिवेदन दुवै सरकार प्रमुखले चाँडै बुझेर कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेका हुन् ।

“भारतसँगको सम्बन्ध पुनरवलोकन गर्न बनाएको ईपीजीको प्रतिवेदन बुझाउने वातावरण बनिरहेको देखेको छु । त्यसपछि कार्यान्वयनमा कसरी अघि बढाउने भन्ने चरणमा प्रवेश गर्नेछौँ”, उनले भने । उनले भारत र चीन दुवैसँग नेपालको सम्बन्ध सङ्लिएको उल्लेख गर्दै राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सार्वभौमिक समानताका आधारमा सम्बन्ध अघि बढाइएको बताए ।

उनले परराष्ट्र नीति विभाजित हुन नसक्ने बताए । “हाम्रो वैदेशिक सम्बन्ध र परराष्ट्र नीति साझा चासोको विषय हो । यस विषयमा सिङ्गो देश एउटै नीति र भाषामा बोल्नुपर्छ”, उनले स्पष्ट पारेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।