१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृक्षरोपण वर्ष घोषणाः ‘हरियाली बढाउनेभन्दा नोट फलाउने वृक्ष रोपौं’



अ+ अ-

काठमाडौं । सामुदायिक वनको सफलताले अन्तर्रा्ष्ट्रिय जगत्मा नेपालको नाम राखिरहेका बेला विज्ञहरुले सुझाव दिए, ‘नोट फलाउने वृक्ष रोपौं, हरियाली आफै बढ्छ ।’

विज्ञहरुले वृक्षरोपण अभियानलाई सफल बनाउन सशक्त प्राधिकरण गठन गर्न पनि सुझाव दिएका छन् ।

सरकारले असार १४ देखि लागु हुनेगरी वृक्षरोपण वर्ष घोषणा गर्दै यस दिनलाई वृक्षरोपण दिवस मान्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७६र२०७७ भित्र पाँच करोड विरुवा रोप्ने महत्वकांक्षी योजना अघि सारिरहेका बेला सशक्त प्राधिकरणको खाँचो औल्याइएको हो । वृक्षरोपण कार्यको अगुवाई गर्न र रोपिएका विरुवाको निरन्तर हेरचाह गर्न तथा हुर्काउन–बढाउन पूर्ण सरकारी स्वामित्वको प्राधिकरण गठन गर्न विज्ञले सुझाएका हुन् ।

पूर्वगृह सचिव बालकृष्ण प्रसाईँ नेतृत्वको टोलीले वन तथा वातावरण मन्त्रालयलाई यस्तो निकाय गठन गर्न सुझाएको हो । प्रसाईंसहित वन विज्ञहरु गोविन्दप्रसाद काफ्ले, शेषहरि भट्टराई, डा। उदयराज शर्मा र कानूनविद् डा. विपिन अधिकारी संलग्न टोलीले स्वतन्त्र र शक्तिशाली प्राधिकरण गठन गर्न राय सुझाव दिएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।