१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले नक्कली सिद्धान्तको पिँजडाभित्र रहेको भन्दै अध्यक्ष दाहाललाई व्यंग्य गरेपछि…



अ+ अ-

काठमाडौं । पार्टी एकता हुँदाको सम्झौता कार्यान्वयनका सवालमा आपसी तिक्तता बढिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्ष शनिबार राजधानीमा एउटै सार्वजनिक कार्यक्रममा उपस्थित भए ।

कार्यक्रम सुरु नहुँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल मञ्चमा पुगिसकेका थिए । त्यसको १५ मिनेटपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली आइपुगे । मञ्च पुग्नासाथ ओलीले दाहालसँग हाल मिलाए । त्यसलाई कार्यकर्ताले हुटिङका साथ स्वागत गरे ।

बोल्ने क्रममा दुई नेताबीच छेडखानीसमेत चल्यो । ओलीले नक्कली सिद्धान्तको पिँजडाभित्र रहेको भन्दै अध्यक्ष दाहाललाई व्यंग्य गरे । दाहालले पनि मदन भण्डारी आग्रह, पूर्वाग्रह राख्ने संकीर्ण नेता नभएको भन्दै घुमाउरो भाषामा ओली भने संकीर्ण बनेको सांकेतिक आरोप लगाएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।