१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ दिनदेखि राजधानीको फोहोर उठेन, संक्रमणको खतरा



अ+ अ-

काठमाडौं । सिस्डोलमा स्थानीयको निरन्तर अवरोधका कारण उपत्यकामा फोहोर थुप्रिएको छ । पाँच दिनदेखि उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या आउँदा संक्रमणको खतरा बढेको छ । संक्रमणका कारण उपत्यकामा गम्भीर खालका रोग फैलन सक्ने भय बढेको चिकित्सकले बताएका छन् । उपत्यकामा फोहोर थुप्रिदा दुर्गन्ध फैलिएको छ । उपत्यकावासीहरु सडकमा नाक छोपेर हिँड्न बाध्य छन् ।

प्रतिकूल मौसमका तथा घना बस्ती रहेकाले उपत्यकामा छिट्टै संक्रमण फैलने खतरा बढेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ मा स्थित सिस्डोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुँदै आएकोमा स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि समस्या उत्पन्न भएको हो ।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा २०६२ देखि उपत्यकाका तीनवटै जिल्लाको फोहोर सिस्डोलमा व्यवस्थापन हुँदै आएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल सहमति भए पनि स्थानीयले अवरोध कायमै राख्दा फोहोर उठाउन नसकिएको बताउँछन् । उपत्यकामा दैनिक ११ सय टन फोहोर संकलन हुने गरेको छ । यस अवधिमा थुप्रिएको ५ हजार टन बढी फोहोर अस्तव्यस्त रहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।