१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर राधेराधेमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु



अ+ अ-

भक्तपुर । भक्तपुर राधेराधे चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुका २८ वर्षीय प्रेमकुमार राई रहेको महानगरी प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

गएराती काठमाडौंवाट भक्तपुर तर्फ आउदै गरेको बा ५ ख ५३४३ नम्वरको ट्रिपर ले सोही दिशा तर्फ आउदै गरेको प्रदेश ३ –०२–००६ प४९९४ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको राईको मृत्यु भएको हो ।

राईको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरी नायव उपरिक्षक डिएसपी रेवतीरमण पोखरेलले बताएका छन । ठक्कर दिने ट्रिपर चालक भने फरार रहेको प्रहरीको भनाई छ ।