१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्दरहरैचामा पानीमा डुबेर १७ महिनाका बालकको मृत्यु



अ+ अ-

विराटनगर । मोरङको सुन्दरहरैचामा पानीमा डुबेर सोमबार १७ महिनाका बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका १० मितेरी टोलका रामबहादुर सम्बाहाम्फेका छोरा पाङचुहाङ सम्बाहाम्फेको रहेको प्रहरीले जनाएको छ।

रामबहादुरकी बहिनी सोही स्थान बस्ने कमला धिमालको घरमा सिल्भरको भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर बालक घाइते भएका थिए।

प्रहरीका अनुसार डुबेर अचेत भएका बालकको सुकुना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ।