१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्यायो यस्तो अवधारणा, ५ लाखभन्दा बढीलाई रोजगारी दिने



अ+ अ-

काठमाडौं । सूचनाप्रविधि क्षेत्रमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने देखिएको छ । नेपालका हरेक क्षेत्रलाई सूचना प्रविधिसँग जोड्न सके आउँदो पाँच वर्षभित्र ५ लाखभन्दा बढीलाई रोजगारी दिन सकिने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ असगर अलीका अनुसार सरकारका हरेक संरचनालाई अटोमेसनमा लैजान सके सूचनाप्रविधि क्षेत्रमा पर्याप्तमात्रामा रोजगारी सिर्जना हुन सक्ने बताए। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच लाख युवालाई रोजगारी दिने घोषणा गरेको छ। त्यसको आधाभन्दा बढी युवालाई सूचनाप्रविधि क्षेत्रमै समेट्न सकिने सम्भावना रहेको अलीको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनाप्रविधि क्षेत्रमा बढीभन्दा बढी युवालाई समेट्ने गरी गृहकार्य गरेको छ। मन्त्रालयले एक कार्यदल गठन गरी सूचनाप्रविधि क्षेत्रमा रोजगारीको अवस्था र सम्भावनाबारे अध्ययन गरेको थियो। सूचनाप्रविधि क्षेत्रमा रोजगारीका अवसरबारे अध्ययन गर्न गठित कार्यदलले विस्तृत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

कार्यदलले बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार हाल ६३ हजार जनशक्ति सूचना प्रविधिको क्षेत्रमा छ। सूचनाप्रविधि क्षेत्रमा केही सुधार गर्न सके तत्काल थप ८५ हजार रोजगारी सिर्जना हुन सक्ने कार्यदलले प्रारम्भिक अध्ययन गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।