१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार दर्जन कार्यकर्तालाई प्रशिक्षण दिन कांग्रेसका दुई दर्जन नेता गए कोपनहेगन



अ+ अ-

काठमाडौं । संसारभर छरिएका कार्यकर्तालाई प्रशिक्षण दिन कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गत ६ देखि ८ असारसम्म डेनमार्कको कोपनहेगनमा विश्व भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम ग(यो ।

३३ देशमा कांग्रेसको जनसम्पर्क समिति छ, तर १२ देशका मात्रै अध्यक्ष उपस्थित भएका थिए । उनीहरूसाथ केही सहयोगी पनि थिए । कांग्रेसले भने २४ देशस्थित जनसम्पर्क समितिका २०५ कार्यकर्ता सहभागी भएको दाबी गरेको छ ।

तर, तस्बिरले भने ५० कार्यकर्ता पनि देखाउँदैन । काठमाडौंबाट उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, डा. रामशरण महत, डा. मीनेन्द्र रिजालसहित २२ नेता प्रशिक्षण दिन पुगेका थिए । परिवारसहित प्रतिनिधिमण्डल २९ जनाको थियो ।

नेता रामचन्द्र पौडेल भन्छन्–अब सभापतिसँग सोध्छौँ

भ्रातृ संस्थाको अधिवेशन नभएको मात्र होइन, पार्टीका संरचनासमेत बन्न सकेका छैनन् । पार्टीलाई कहिलेसम्म यस्तो भद्रगोल बनाउने रु पार्टीलाई चुस्तदुरुस्त नबनाउँदा हामी कमजोर देखिएका छौँ । सभापतिसँग अब यो विषयमा कुरा हुन्छ । पार्टीलाई भद्रगोल बनाएर उहाँले के गर्न खोज्नुभएको हो रु अब बस्ने केन्द्रीय समितिमा कुरा उठाउँछौँ ।

सहमहामन्त्री डा. प्रकाशशरण महत भन्छन्–संरचना चाँडै नै पूर्ण

भ्रातृ संस्थाहरूमध्ये नेविसंघको मात्रै तदर्थ समिति बनाउन बाँकी छ । तरुण दल पूर्ण हुन मात्र बाँकी हो । अरू संस्था महाधिवेशनकै क्रममा छन् । महाधिवेशन नहुँदा संगठनमा असर पारेको छ । तर, हामी छिटोभन्दा छिटो भ्रातृ संस्थादेखि पार्टी संरचनालाई पूर्णता दिने तयारीमा लाग्छौँ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।