१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझाका थप २० बस सञ्चालनमा



अ+ अ-

काठमाडौं । साझा यातायातले युरो–४ मापदण्डका २० बस सञ्चालनमा ल्याएको छ । योसँगै साझा यातायातका बसको संख्या ७१ पुगेको छ ।

यसअघि साझाले युरो–३ मापदण्डका ५१ बस सञ्चालन गरेको थियो । ७१ मध्ये चारवटा बस बाग्लुङ र भैरहवासम्म चल्छन्, बाँकी बस उपत्यकामा सञ्चालन भइरहेका छन् ।

काठमाडौं महानगर, ललितपुर महानगर र साझा यातायात सहकारी संस्थाले संयुक्त कार्यक्रम आयोजना गरी बस सञ्चालनमा ल्याएका हुन् । थपिएका बसले सोमबारदेखि नै सेवा दिन थालेका छन् ।

साझाले काठमाडौं महानगरको पाँच करोड र ललितपुर महागनरको एक करोड रुपैयाँको सेयर लगानीबाट बस किनेको हो । थपिएका बस ४० सिट क्षमताका रहेको साझाले जनाएको छ । बसमा सिसी क्यामेरादेखि इन्टरनेटसम्मको सुविधा रहेका छन् ।

यो एक डेबिट कार्डजस्तै हो । दुई सय रुपैयाँ तिरेर कार्ड किन्न सकिन्छ । कार्डमार्फत दुई सय रुपैयाँबराबरकै भाडा तिर्न सकिन्छ । कार्डको मूल्य पर्दैन । बसको कन्डक्टरसँग कार्ड रिड गर्ने मेसिन हुन्छ ।

यात्रुले बस चढेपछि कन्डक्टरले कार्ड माग्छन् र ओर्लने स्थान सोध्नेछन् । यात्रुले आफू ओर्लने स्थान बताएपछि कन्डक्टरले कार्ड मेसिनमा घोट्छन् र भुक्तानी लिन्छन् । त्यो पैसा सीधै साझा यातायातको नेपाल बैंकमा रहेको खातामा जम्मा हुन्छ ।

कार्डमा कुनै व्यक्तिगत जानकारी हुँदैन । र, यसमा डेबिट कार्डको जस्तो पासवर्डसमेत हुँदैन । फोनको रिचार्ज कार्डजस्तै एक व्यक्तिले किनेको कार्ड उसको अनुमतिमा अर्को व्यक्तिले प्रयोग गर्न सक्छन् ।

साझाले प्रयोगमा ल्याएको कार्ड एन क्लाउड नामक कम्पनीले डिजाइन गरेको हो । कार्ड प्रयोगका लागि साझाले नेपाल बैंकसँग सहकार्य गरेको छ । साझाले कार्डको पछाडि महिला हिंसाविरुद्ध सचेतना जगाउने किसिमका सामग्रीसमेत राखेको छ ।

साझा यातायातले ४५ करोड लगानीमा विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने भएको छ । विद्युतीय बस किन्न प्रदेश–३ सरकारले ३० करोड, काठमाडौं महानगरले १० करोड, ललितपुर महानगरले दुई करोड ५० लाख सेयर लगानी गरेका छन् । साझा आफैँले दुई करोड ५० लाख रुपैयाँ सेयर लगानी गर्ने भएको छ ।

सोमबार आयोजित कार्यक्रममा विद्युतीय बस किन्न प्रदेश सरकार, काठमाडौं महानगर, ललितपुर महानगर र साझा यातायातबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सोही कार्यक्रममा प्रदेश सरकारले साझालाई ३० करोड रुपैयाँ हस्तान्तरणसमेत गरेको छ ।

साझाले भाडा उठाउन स्मार्ट यात्रा कार्ड लागू गरेको छ । चैत अन्तिम सातादेखि नै साझाले यात्रु कार्ड वितरण गरिरहेको छ । हालसम्म पाँच सय स्मार्ट कार्ड वितरण गरिसकेको साझाले जनाएको छ । टिकट वितरण गरेर भाडा संकलन गर्दा चुहावट भएको भन्दै साझाले स्मार्ट यात्रा कार्ड सञ्चालनमा ल्याएको हो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय रकम भुक्तानी (इ–पेमेन्ट) का लागि ‘यात्रु कार्ड’को शुभारम्भ गरेका छन् । कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले ‘काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ सार्वजनिक गरे । ऐन गत २४ चैतमा स्वीकृत भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।