१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानीपोखरीमा तीन हजार ट्रक कालो माटो चाहिने



अ+ अ-

काठमाडौं । रानीपोखरीलाई साबिक रूपमा बनाउन कुल तीन हजार ट्रक कालो माटो आवश्यक पर्ने भएको छ । त्यति माटो पोखरीमा राखेपछि पानी दिगो रूपमा रहिरहन्छ भन्ने कामदारको बुझाइ छ ।

यहीअनुरूप द्रुत रूपमा पोखरी बनाउने कार्य भइरहेको छ । हालसम्म साँखु र भक्तपुरबाट ४० ट्रक कालो माटो ल्याइएको छ । भक्तपुर भाजु पोखरी उपभोक्ता समितिका अध्यक्षको अगुवाइमा ५७ जना डकर्मीले पोखरीको डिलमा पुरानै शैलीमा इँटाको गारो लगाउने काम गरिरहेका छन् ।

कालो माटो बिछ्याइसकेपछि ४० कामदार फेरि थपिँदैछन् । “कालो माटो बिछ्याइएपछि पानी लिकेज हुँदैन, वर्षात्कै पानीले पोखरी भरिन्छ”, अध्यक्ष डुमरु भन्नुहुन्छ ।

पोखरीको भित्री सतहमा अझै पानी छ, दुई फिट खन्दा पानी आउँछ यो पानीमाथि सतहमा तैरिन नसकेको मात्र हो, पोखरीमा थप पानी भरिएपछि पोखरी जस्ताको तस्तै पानीले भरिभराउ हुन्छ, कालो माटोले भरिएको पानी चुहेर जाँदैन ।

भक्तपुरमा भाजु पोखरीलाई दुरुस्त बनाएर ख्याति कमाएको यो उपभोक्ता समितिलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुर नगरपालिकासँग माग गरेर रानीपोखरी बनाउन लगाएको हो, पाटन लगनखेल छेउको न्हु पोखरी पनि यही समितिले बनाइरहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।