१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प पीडितका पहिले बनेका घर परिवारलाई तीन लाख दिने



अ+ अ-

काठमाडौंँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरू खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपियाँ उपलब्ध गराउने भएको छ । यो निर्णयबाट कम्तीमा १२ हजार घरधनी लाभान्वित हुने भएका छन् । यो सङ्ख्या बढ्न सक्ने सम्भावना पनि रहेको छ ।

प्राधिकरणको कार्यकारी समितिको मङ्गलबारको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरहरूलाई निजी आवास पुनःनिर्माण अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि पारित गरेसँगै तीन लाख रुपियाँ अनुदान उपलब्ध गराउने बाटो खुलेको हो । निर्देशक समितिको निर्णयअनुरूप कार्यकारी समितिले यस्तो कार्यविधि पारित गरेको हो । पीडितलाई द्रुत गतिमा यस प्रकारका घरहरूलाई अनुदान उपलब्ध गराउने बताइएको छ ।
पारित कार्यविधिअनुसार अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनःनिर्माण भएको र लाभग्राही बसिरहेको भनी स्थानीय तहबाट प्रमाणित हुनुपर्नेछ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पीडितलाई चाँडो सहयोग उपलब्ध गराउन कार्यविधि पारित गरेको बताउनुभयो । यस्ता घरधनीलाई एकमुष्ट रकम उपलब्ध गराउन ढिलाइ भएपछि प्राधिकरणले कार्यविधि पारित गरेको जनाएको छ ।

उहाँले भन्नुभयो, “चार लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिइसकेका छन् । चार लाख २३ हजार घर पुनःनिर्माण सम्पन्न भइसकेको छ, दुई लाख ११ हजार घर पुनःनिर्माणका क्रममा छन् । प्राविधिक खटिनुपूर्व १२ हजार घर बनेको तथ्याङ्क आएको छ । थप तथ्याङ्क आउने क्रममा छ । त्यसलाई पनि समावेश गरेर एकमुष्ट अनुदान उपलब्ध गराउने छौँ ।’’

कार्यसमितिको बैठकले सम्पदा बस्तीका एकल वा बहुस्वामित्वका निजी आवास पुनःनिर्माणसम्बन्धी कार्यविधिलाई पनि पारित गरेको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कार्यविधि पारित भएकाले मूलतः सहरी क्षेत्रमा देखा परेको बहुस्वामित्वसम्बन्धी अन्योल अन्त्य हुने बताउनुभयो । यसबाट सहरी पुनःनिर्माण कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउन सहज हुने उहाँले बताउनुभयो ।

बैठकले एककोठे घर पुनःनिर्माण–सम्बन्धी मापदण्डलाई पनि स्पष्ट गरेको छ । जसअनुसार एककोठे घरको भित्री भागको न्यूनतम क्षेत्रफल १२० वर्गफिट कायम गर्ने र एककोठे घरसँगै कम्तीमा भूकम्प प्रतिरोधी भान्साघर र कोठा, शौचालय, बरण्डा तथा पाली पुनःनिर्माण गरेको हुनुपर्नेछ । यस्तै यसअघि निर्माण भइसकेका एककोठे घरको हकमा छुट्टै भूकम्प प्रतिरोधी भान्सा घर र कोठा, शौचालय, बरन्डा तथा पाली पुनःनिर्माण गरेको भए मात्रै अनुदान किस्ता सिफारिस गरिने बताइएको छ । अन्तिम किस्ता सिफारिस भइसकेको भएमा सम्बन्धित स्थानीय तहले घर निर्माण सम्पन्न प्रमाणपत्र दिँदा सो कुराको यकिन गरेर मात्र दिने प्राधिकरणको निर्णय गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।