१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार, एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गलबार त्रिविका पदाधिकारीलाई छलफलका लागि बोलाएको थियो । छलफलमा त्रिविका पदाधिकारीहरूले पद्धति खराब नभई व्यक्ति खराब हुँदा त्यस्तो घटना भएको तर्क गर्दै आफ्ना कर्मचारीको बद्मासीले गर्दा कमजोरी भएको स्वीकार गर्नुभयो ।

त्रिविका उपकुलपति प्रा।डा। तीर्थराज खनियाँले नियतले त्यस्तो नभएको बताउँदै भन्नुभयो, “व्यक्तिका कारण छवि खराब हुनपुग्यो । आइन्दा यी कुरामा सजग हुनेछौँ ।”
त्रिविका विद्यार्थी सुरेन्द्र कोइरालाले समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास र राजनीतिकशास्त्र विषयमा स्नातकोत्तर पूरा गरेका छन् । उनले राजनीतिकशास्त्र बाहेकका विषयमा ६० अङ्कसम्म थप्न लगाएको पाइएको छ ।

त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले संस्थागत त्रुटि नभई व्यक्तिगत त्रुटिका कारण यो घटना भएको बताउनुभयो । अङ्क थपिदिएको आरोपमा परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाका कर्मचारी रामु कर्मचारी पक्राउमा परेका छन् ।

मार्कस्लिपमा नौ अङ्क रहेको तर ट्रान्सक्रिप्टमा ६९ अङ्क देखिएपछि त्रिविले नै आन्तरिक छानविन सुरु गरेको थियो । छानविनपछि बद्मासी भएको प्रतिवेदन बुझाइएपछि यो घटना सार्वजनिक भएको थियो । यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अख्तियारले ‘इन्ट्री गरिएका मार्कस्लिप’ लिएर गएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिका सदस्य सुरेशकुमार राईले अख्तियारले छानविन गरिरहेको यो घटनाका बारेमा यथार्थ बुझ्न त्रिवि र पनिकाका पदाधिकारीलाई छलफलमा बोलाइएको बताउनुभएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।