७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित दुई पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ । प्रभागको टोलीले नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ८७४१ नंको बस जाँचका क्रममा बाँकेका २४ वर्षीय विप्लव शाही र राजविराजबाट काठमाडौँ आउँदै गरेको ना५ख ७८७५ नंको यात्रुवाहक बस जाँचका क्रममा सिरहाका २७ वर्षीय विवेक चौधरीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी निरीक्षक कुमारविक्रम थापाले चौधरीको साथबाट ५६ एम्पुल डाइजेल्याव, ५८ एम्पुल फेनार्गन, ५५ एम्पुल नुर्फिन र शाहीबाट १०४ ट्याब्लेट नाइट्राभेट बरामद गरेको जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैलाई कारवाहीका लागि आवश्यक अनुसन्धान भइरहेको वृत्त प्रमुख थापाले बताउनुभयो ।