१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारभित्रै पूर्वसांसदको एनजिओ, संसद सचिवालयको भवनमै कार्यालय



अ+ अ-

काठमाडौं । जननिर्वाचित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजिओ) चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सचिवालयले नै व्यवस्था गरिदिएको छ ।

पूर्वसभामुख तारनाथ रानाभाटको पालादेखि ‘पूर्वसांसद मञ्च, नेपाल’ नामक एनजिओ सिंहदरबारभित्रै अड्डा जमाएर बसेकोमा तत्कालीन संविधानसभाका सदस्यहरूले फेरि अर्को एनजिओ सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘संविधानसभा सदस्य परिषद्, नेपाल’ नामको एनजिओ दर्ता गरेर संघीय संसद् सचिवालयको भवनमा कार्यालय स्थापना गरेका हुन् ।

तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको संसद् सचिवालयको भवन नम्बर २ को तेस्रो तलामा परिषद्को बोर्ड झुन्ड्याइएको छ । कार्यालयका लागि हाल तीनवटा कोठा प्राप्त भएको परिषद् संयोजक अनन्तप्रसाद पौडेलले बताए । पूर्वसभामुखसमेत रहेका सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ संरक्षक र दोस्रो संविधानसभाकी सभामुख ओनसरी घर्ती सल्लाहकार रहेको परिषद्को सहसंयोजकमा ईश्वरी सुवेदी, महासचिवमा ऋषिकेश पोखरेल, सचिव डोरप्रसाद उपाध्याय र कोषाध्यक्षमा सीता गुरुङ छन् ।

३५ सदस्यीय तदर्थ समिति गठन भएको परिषद्मा संविधानसभा हुँदा संलग्न सबै राजनीतिक दललाई समावेश गरिएको संयोजक पौडेलले बताए । परिषद्ले आगामी ३ साउनमा राष्ट्रिय भेला गर्दै छ । पहिलो र दोस्रो संविधानसभाका कुल एक हजार एक सय नौ सभासद्मध्ये निधन भइसकेका २६ बाहेक सबैलाई भेलामा बोलाइने संयोजक पौडेलले बताए । आजीवन सदस्यताका लागि प्रतिव्यक्ति दुई हजार छुट्याइएको र त्यसैबाट ३ साउनमा हुने राष्ट्रिय भेलालगायतका लागि खर्च गर्ने उनको दाबी छ ।

दुवै एनजिओ सरकारकै खर्चमा
‘पूर्वसांसद मञ्च, नेपाल’ नामको एनजिओ पनि पूर्वसभामुख तारानाथ रानाभाटको पालामा स्थापना भएको हो । अहिलेसम्म सिंहदरबारभित्रै अड्डा जमाएर बस्दै आएको छ । मञ्चमा पिउने पानीदेखि कार्यालयका फर्निचर, कर्मचारीसमेत संघीय संसद् सचिवालयले उपलब्ध गराउँदै आएको छ । मञ्चलाई सरकारले बर्सेनि बजेट दिँदै आएको छ । आगामी वर्षका लागि मञ्चको नाममा ७० लाख विनियोजन भएको मञ्चकै एक सदस्यले बताए । चालू वर्षमा ५० लाख पाएको थियो ।


संविधानसभा सदस्य परिषद्, नेपालले पनि आगामी वर्षदेखि सरकारसँग बजेट माग्ने संयोजक पौडेलले बताए । ‘यस वर्ष सरकारसँग बजेट माग्न भ्याइएन, अर्को वर्षदेखि माग्छौँ,’ उनले भने, ‘आशा छ पूर्वसांसद मञ्चलाई जस्तै हामीलाई पनि बजेट उपलब्ध हुन्छ ।’ हाल परिषद्को मुद्रणसम्बन्धी सबै काम संघीय संसद् सचिवालयले आफ्नै खर्चमा गरिदिएको छ । विभिन्न छपाइसम्बन्धी काम, लेटरहेडदेखि सदस्यता फारम तयार गरिदिएको सचिवालय स्रोतले बतायो ।

संविधानको पैरवी गर्न तथा सरकार र संसद्लाई संविधानअनुकूल कानुन बनाउन खबरदारी गर्न परिषद् गठन गरिएको हो । संविधानसभा संग्रहालय बनाउने र विदेशीसमेत आएर नेपालको संविधानलगायतबारे अध्ययन गर्ने थलो बनाउने पनि उद्देश्य हो । सरकार र संसद्को परामर्शदाताका रूपमा परिषद् रहन्छ । सभामुखलाई भनेर सिंहदरबारको संसद् सचिवालय भवनमै कार्यालय पाएका छौँ । प्रधानमन्त्रीसँग पनि कुरा गरिसकेका छौँ । उहाँ सकारात्मक हुनुहुन्छ । २८ असारमा परिषद्को पूर्ण बैठक बस्छ । त्यसपछि पुनः प्रधानमन्त्रीसँग औपचारिक प्रस्ताव गरेर आगामी वर्षदेखि बजेट उपलब्ध गराउन भन्छौँ ।


उहाँहरूले कार्यालय माग्नुभएको छ । अर्को व्यवस्था नभएसम्मका लागि हाल सचिवालयमै ठाउँ उपलब्ध गराएका छौँ । उहाँहरूले प्रयोग गर्नुभएको छ । सम्पूर्ण डकुमेन्ट तयार भएर परिषद्ले पूर्णता पाइसकेपछि अर्को निर्णय हुन्छ । अर्को व्यवस्था नभएसम्म प्रयोग गर्न सक्नुहुन्छ । पूर्वसांसद मञ्चलाई कार्यालय उपलब्ध गराउने, कर्मचारी दिने भन्ने निर्णय म सभामुख हुँदा संसदीय ब्युरो (सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सचिवालय पदाधिकारी सम्मिलित बोर्ड) बाट निर्णय गराएको हुँ । पछि म आफैँ मञ्चको अध्यक्ष हुँदा सरकारसँग बजेट मागिएको हो । त्यसवेलादेखि हरेक वर्ष आइरहेको छ । मेरो पालामा सरकारले दिएको बजेट गोष्ठी–कार्यक्रम सञ्चालन गर्न तथा पुस्तक प्रकाशन गर्न खर्च गथ्र्यौँ । सुरुमा २५ लाखजति दिइएको बजेट अहिले बढेर कति भएको छ मलाई थाहा छैन । मञ्च हुँदाहुँदै परिषद् पनि गठन भएछ । एउटै भएको भए राम्रो हुन्थ्यो । संविधानसभा सदस्य भनेका पनि पूर्वसांसद नै हुन् । मञ्च परामर्श दातृ अंग रहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।