१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुलाई पाठ पढाउने मन्त्री पण्डित ऐन कार्यान्वयनमा असफल, कर्मचारी सिंहदरबार फर्किए



अ+ अ-

काठमाडौं । स्थानीय तहमा समायोजन भएर गएका करिब ८० कर्मचारी सिंहदरबार फर्किएका छन् । खटाएको स्थानीय तहमा त्यहाँका जनप्रतिनिधिले भर्ना हुन नदिएको भन्दै उनीहरू संघमा फर्किएका हुन् । समायोजन ऐनले समायोजन भएको २१ दिनभित्र खटाएको ठाउँमा हाजिर भइसक्नुपर्ने, अन्यथा जागिरबाट अवकास लिनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै, संघले समायोजन गरी खटाएका कर्मचारीलाई खटाएको ठाउँमा अनिवार्य हाजिर गराउनुपर्ने व्यवस्था छ । हाजिर हुन नदिए हाजिर हुन नदिने कार्यालय प्रमुखलाई कारबाही हुने ऐनमा व्यवस्था छ । तर, ऐनले गरेको व्यवस्थाविपरीत उनीहरू सिंहदरबार फर्किएका हुन् ।

मन्त्रालयका प्रवक्ता भुपाल बरालले स्थानीय तहको असहयोगका कारण केही कर्मचारी फिर्ता आएको स्विकारे । उनले ती कर्मचारीलाई चाँडै व्यवस्थापन गरिनेसमेत बताए । तर, मन्त्रालयका एक उपससचिवले फिर्ता आएका कर्मचारीलाई व्यवस्थापनबारे कुनै पहल नभएको बताए । ‘कानुनले समायोजन भएका कर्मचारीलाई संघमा फर्किने सुविधा दिएको छैन, कानुनविपरीत फर्किएका कर्मचारीबारे मन्त्री लालबाबु पण्डितले पनि कुनै चासो राखेका छैनन्,’ उनले भने ।

‘ऐन कार्यान्वयनमा मन्त्री असफल’
समायोजन ऐन कार्यान्वयनका लागि मन्त्री लालबाबु पण्डितको नेतृत्व असफल भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरूको निष्कर्ष छ । ‘कानुनले समायोजन भएको ठाउँमा हाजिर हुनैपर्ने व्यवस्था गरेको छ, हाजिर नगराए कार्यालय प्रमुखलाई कारबाही हुने उल्लेख छ,’ ती कर्मचारीले भने, ‘हाजिर गराउने जिम्मेवारी प्रशासकीय अधिकृतको हो र मन्त्रालयले हाजिर नगराएकामा कुनै पनि स्थानीय तहका प्रशासकीय अधिकृतलाई स्पष्टीकरण लिएको छैन ।’

प्रवक्ता बरालले पनि समायोजन भएर गएका कर्मचारीलाई हाजिर नगराउने प्रशासकीय अधिकृतलाई स्पष्टीकरण नसोधिएको बताए । ‘अहिलेसम्म कसैलाई कारबाही भएको छैन । स्पष्टीकरण पनि सोधेको छैन,’ उनले भने, ‘मन्त्रालयले हाजिर गराउन परिपत्र गर्यो, तर परिपत्रमा हाजिर नगराए कारबाही हुने कुरा लेखिएन । ऐनमै हाजिर नगरे कारबाही हुने लेखिएकाले परिपत्रमा त्यस्तो उल्लेख नगरिएको हो ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।