२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

खैरेनीटार–भिमाद सडकखण्ड दैनिक ९ घण्टा अवरुद्ध हुने

खैरेनीटार–भिमाद सडकखण्ड दैनिक ९ घण्टा अवरुद्ध हुने
अ अ+ अ-

तनहुँ । तनहुँको खैरेनीटार–भिमाद सडकखण्ड दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ । सडक डिभिजन कार्यालय तनहुँले उक्त खण्ड मर्मतका लागि दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द गर्न लागेको हो । 

उक्त सडकखण्डको दोभानमा सडक स्तरोन्नति गर्ने क्रममा हाल रहेको सडकलाई चौडाइ गर्नुपर्ने र त्यसका लागि केही समय सडक बन्द गर्दै निर्माण गर्नुपर्ने निमित्त डिभिजन प्रमुख कल्याण खड्काले जानकारी दिनुभयो । “निर्माण कार्य गर्दा दुर्घटना घट्न सक्ने सम्भावना देखिएकाले सडक चौडा पार्ने कार्य सम्पन्न नहुञ्जेल सडक अवरुद्ध हुनेछ”, उहाँले भन्नुभयो । सडक निर्माणका क्रममा सडक अवरुद्ध भए पनि आवश्यकताअनुसार करिब १ घण्टा बन्द हुने तथा ३० मिनेट सडक खोलिनेछ । 

उक्त सडकखण्ड गत साउनदेखि स्तरोन्नति सुरु गरिएको हो । उक्त कामका लागि कार्यालयले काठमाडौँस्थित श्री महालक्ष्मी÷हिमाली जेभीबीच सम्झौता गरेको थियो । खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडकको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको पाँच किलोमिटर सडक फराकिलो बनाएर नयाँ कालोपत्रे गरिनेछ ।

रु सात करोड ४५ लाख २१ हजारको लागतमा उक्त कामको ठेक्का लागेको छ । गत वैशाख १३ गते एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँसँग निर्माण सम्झौता भएको थियो तर वर्षा र कोरोनाको कारण समयमै काम सुरु हुन सकेको थिए । विसं २०७९ कात्तिक १३ गतेसम्म उक्त काम सम्पन्न गर्ने म्याद रहेको छ । 

खैरेनीटार–भिमाद सडकको ठाउँ–ठाउँमा कालोपत्रे उप्किएर ठूला–ठूला खाल्डा बनेका छन् । खाल्डामा वर्षाको पानी जम्दा पोखरी बनेको छ । शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार र म्याग्दे गाउँपालिका–५ थाङ्दीदेखि भिमादको पुलसम्म सडकको दुरावस्था छ । कतिपय स्थानमा सडकको कालोपत्रे देख्नै मुस्किल हुने अवस्थामा पुगेको छ । भिमाद नगरपालिकाको प्रवेशद्धारमा पनि सडकको हालत बिजोग छ । 

जिल्लाको भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख सडक यही हो । नवलपुर, पाल्पा र स्याङजाका विभिन्न स्थानका सवारी र यात्रु यही सडक भएर आवतजावत गर्ने गर्दछन् ।