१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणहिटी संग्रहालयको गुरुयोजना बन्दै, संग्रहालय प्रमुख भन्छन्, ‘हामीलाई पत्तै छैन’



अ+ अ-

काठमाडौं । पुरातत्व विभागले नारायणहिटी दरबार संग्रहालय परिसरको गुरुयोजना निर्माण गरेको छ । नारायणहिटी दरबारलाई उत्कृष्ट संग्रहालयको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेको हो ।

गुरुयोजनामा संग्रहालयको सबै विषय अध्ययन गरी सो प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सुझाव दिने भएको छ । गुरुयोजनामा ऐतिहासिक संरचनाको संरक्षण, हाल खुला रहेको कक्षको व्यवस्थापन, खुलाचौरको व्यवस्थापन, राजा त्रिभुवनदेखि वीरेन्द्र, एश्वर्य, दीपेन्द्र, श्रृति निराजनले चढ्ने सवारी साधनलाई प्रदर्शनीमा राख्ने, सम्पूर्ण प्रक्रिया पूरा भएतापनि हालसम खुल्न नसकेको राजा वीरेन्द्रको निजी निवास श्रीसदनलाई खुलागर्ने, हाल परराष्ट्र मन्त्रालयले सञ्चालन गर्दै आएको नारायणहिटी संग्रहालयको भीसा सेन्टरलाई व्यवस्थापन गर्ने लगायतका विषय समेटिएका छन् ।

संग्रहालय प्रमुखको आपत्ति
नारायणहिटी संग्रहालय प्रमुख अद्वैत प्रकाश श्रेष्ठले गुरुयोजना निर्माण गर्ने टोलीले संग्रहालय प्रशासनसंँग कुनैपनि विषयमा सोधखोज नगरेको बताएका छन् । ‘हामीलाई पत्तै छैन, समिति बनाउँदा त हाम्रो प्रतिनिधि चाहिन्छ होला नि ?, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।