२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

शेखरलाई मेरो समर्थन छ भन्नु गलत हो– पौडेल

शेखरलाई मेरो समर्थन छ भन्नु गलत हो– पौडेल
file
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १४ महाधिवेशनको मतदानका लागि अब १२ घन्टामात्र बाँकी छ । आज राति १२ बजेसम्म अन्तिम नामावली प्रकाशन हुन लागेको छ भने अरु निर्वाचनको प्रक्रिया पनि पूरा भएको छ । 

यसै सिलसिलामा सभापतिमा कसले बाजी मार्छ भन्ने कुराले धेरै चर्चा पाएको छ । त्यसमा आ–आफ्नै दाबी रहेका छन् । निर्वाचन प्रक्रियाको सुरुआत हुनै लाग्दा उता काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको निर्वाचन प्रक्रियाबाट अलग रहेको विज्ञप्ति अकस्मात प्रकाशन गरेपछि यता यस विषयले पनि व्यापकता पाएको छ । 

उनले आफूलाई एक पटक सभापतिमा छोडिदिन आफ्नो अर्थात् १३ औँ महाधिवेशनपछि आजका दिनसम्म पौडेल पक्ष भनिएको समूहसँग आग्रह गरेका थिए । तर उनलाई शेखर कोइराला र प्रकाशमान सिंहले भने मानेनन् । त्यसपछि भावुक भएका उनले आफू निर्वाचन प्रक्रियाबाट नै अलग भएको घोषणा गरेका थिए । 

यसैबीच आज साँझ सभापतिका एकजना उम्मेदबार शेखर कोइरालाले आफूलाई रामचन्द्र पौडेलको पनि साथ रहेको भनी गरेको प्रचारको पौडेलले भने खण्डन गरेका छन् । 
पौडेलले भने– मैले निर्वाचन प्रक्रियाबाट नै आफूलाई अलग गरेकाले म यो वा त्यो पक्षमा भनेर मत माग्दिन, कसैले मलाई समर्थन छ भनेर मेरो नाम प्रचार गर्नु राम्रो होइन । यसरी पौडेलले शेखरको भनाईमा सत्यता नरहेको स्पष्ट गरेका हुन् । 

उता गएराति प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेललाई आफ्नै निवासमै पुगेर भेटेका थिए । त्यस भेटका क्रममा प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा पार्टी चुनावमा गए पार्टीले स्पष्ट बहुमत ल्याउने र त्यसपछि पौडेललाई राष्टपतिको उम्मेबार बनाउने बताएका थिए । त्यसपछि पौडेल पनि मौन रहेका बताइएको छ ।

देउवा पक्षले भने पौडेलले आफूहरुलाई सहयोग गर्ने आस्वासन पाएको बताएको छ । तर देउवा पक्षले यो कुरा भने सार्वजनिक गरेको छैन । तर शेखरले भने आफूलाई पौडेलको साथ रहेको भनेर दुस्प्रचार गरिरहेको देउवा पक्षको आरोप छ ।