१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै टुंगिएन कर्मचारीको समायोजन



अ+ अ-

काठमाडौं । सरकारले कर्मचारी समायोजन सकिएको घोषणा गरेको तीन महिना नाघिसक्दा पनि स्वास्थ्यतर्फ ठूलो संख्याका कर्मचारीको समायोजन नै भएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन टुंगिएको घोषणा गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यतर्फका करिब एक हजार कर्मचारीको मात्रै समायोजन सकिएको जनाएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्यतर्फ समायोजन हुनुपर्ने कर्मचारीको संख्या २७ हजार पाँच सय छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले हालसम्म ११औँ तहको समायोजन सकिएर मेडिकल एसिस्टेन्ट, बायोमेडिकल इक्विपमेन्ट एसिस्टेन्टलगायत केही पदको समायोजन सुरु भएको बताए । अहेव र अनमी पदका मात्रै २१ हजार कर्मचारी समायोजन नभएको उनले बताए । संघीय मामिला मन्त्रालयका कारण समायोजनमा ढिलाइ भएको प्रवक्ता श्रेष्ठको आरोप छ ।

तर, संघीय मामिला मन्त्रालयले भने समायोजनको प्रक्रिया सकिएको दाबी गरेको छ । ‘हामीले प्रक्रिया टुंग्याएर स्वास्थ्यमा पठाइसकेका हौँ,’ मन्त्रालयका प्रवक्ता भूपाल बरालले भने, ‘के कारणले ढिलाइ भएको भन्ने विषयको यथार्थ जानकारी त स्वास्थ्य मन्त्रालयलाई नै होला ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ चैतमा कर्मचारी समायोजन टुंगिएको घोषणा गरेको थियो । समायोजन सकिएपछि गुनासो सम्बोधनमार्फत समायोजनको असन्तुष्टि मत्थर पार्ने प्रयास गरेको थियो । लामो समय र ठूलो विवादबीच समायोजन अघि बढाइए पनि अझैसम्म स्वास्थ्यतर्फका कर्मचारीको समायोजनको अड्को फुकेको छैन । स्वास्थ्य समूहबाहेकका अधिकांश कर्मचारीको समायोजन भने सकिएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।