१९ असार २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा हत्याकाण्ड : श्रीमानले यस कारण गरे श्रीमतीको हत्या



अ+ अ-

पोखरा । पोखरा १० रामबजारमा बस्दै आएका एक युवाले श्रीमतीको हत्या गरेर जंगलमा फालेका छन् । मकवानपुर घर भई पोखरा १० रामबजारमा मोवाईल पसल गरी बस्ने ३५ वर्षीय रमेश परियारले श्रीमती २८ वर्षीया लक्ष्मी परियारको केही व्यक्तीलाइ दश लाख रुपैयाँ दिई हत्या गराएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार अहिले श्रीमानसहित अर्का एकजनालार्इ पक्राउ गरिएको छ भने अनुसन्धानका क्रममा श्रीमतीको हत्या गर्न रमेशले दश लाख दिएको खुल्न आएको छ ।

रमेशले बारम्बार प्रहरीसंग आएर कुरा गर्दा उनीमाथि नै शंका गरि अनुसन्धान थाल्दा हत्या गरेको स्वकार गरिसकेको प्रहरीले जानकारी दिएको छ ।

असार १ गते श्रीमतीलाई औषधि गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा हत्या गरी फालेको अवस्थामा प्रहरीले कंकाल मात्र फेला पारेको हो । सिद्धार्थ राजमार्गबाट करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दिको ठुल्ढुङगाको जंगलमा कंकाल भेटिएको थियो ।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीसहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । लक्ष्मीको कंकाल बुधबार बिहान फेला परेको हो । लक्ष्मीका श्रीमानले श्रीमती हराएको भन्दै वडा तथा प्रहरीमा खोजी गर्न निवेदनसमेत दिएका थिए ।
पोखरा महानगरपालिका वडा १५ रामबजारका वडा अध्यक्ष प्रकाश पौडेलले हत्या भएको दिन देखि करिब एक हप्ताबढि निरन्तर वडा कार्यालय समेत धाएको बताउनुभयो । श्रीमती हराएकै दिन बिहान ११ बजेर ३५ मिनेटमा वडा अघि बाटै गएको सिसिटिभिमा कैद छ र श्रीमानको कुरा निकै बाझिएको कारणले समेत शंकाको घेरामा परेका हुन् ।

शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जानकारी दिएको छ । हत्याको अनुसन्धान र हत्यामा संलग्न अन्यको खोजी कार्य भइरहेको प्रहरीको भनाई रहेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।