१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गैरकानुनी शुल्क’ असुल्दै सरकारी अस्पताल



अ+ अ-

काठमाडौं । सरकारी अस्पतालले विभिन्न बहानामा बिरामीबाट मनपरी शुल्क असुल्ने गरेको पाइएको छ । यसरी मनपरी शुल्क असुल्दा समेत सरकारका अनुगमन गर्ने निकाय मूकदर्शक बनेका छन् । सर्वसाधारणलाई प्रभावकारी सेवा दिनसमेत अधिकांश सरकारी अस्पताल असफल हुँदै आएका छन् । सरकारी अस्पतालमा उपचार गर्न बिरामीले घण्टौँ घण्टा कुर्नुपर्ने बाध्यता कायमै छ ।

अस्पतालपिच्छे ओपीडी सेवादेखि उपचारसम्मको फरक फरक शुल्क तोक्दै बिरामीबाट बढी शुल्क लिने गरिएको छ । ती अस्पतालले शुल्क सम्बन्धमा सूचना पार्टीमा सबैले देख्ने गरी टाँस्नुपर्ने प्रावधान भए पनि लुकाउने गरेका छन् । आकस्मिक सेवा र ओपीडी सेवाकै शुल्क अस्पतालपिच्छे फरक छ ।

बिरामी ऋण काढेर उपचार गर्न बाध्य हुँदा पनि ती सरकारी अस्पताल सेवामैत्री नभएको पाइएको छ । मुख्यतः केन्द्रमा रहेका सरकारी अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पतालमा दैनिक १ हजार बढी बिरामी उपचारका लागि विभिन्न जिल्लाबाट आउँछन् ।

आमजनतालाई सहज र गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिनुपर्ने सरकारी अस्पतालभित्रकै बेथितिले बिरामी मर्कामा छन् । विपन्न नागरिकबाट उपचार सेवामा अवैध ढंगले शुल्क असुल्नु र सामाजिक सेवा इकाइको व्यवस्था गर्नुपर्ने भनिए पनि उपलब्ध नगराउनुले पनि सरकारी अस्पतालको पारदर्शितामा प्रश्न उठ्ने गरेको छ । बिरामीले आफूले सेवा लिन चाहेको चिकित्सकबाट सेवा लिन पाउने व्यवस्था सुनिश्चित हुनुपर्ने प्रावधान भए पनि सो प्रावधान कागजमै सीमित रहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।