१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिल्पा छबीको घर नफर्कने



अ+ अ-

काठमाडौं । चलचित्र निर्माता छविराज ओझाले अबका दिनमा पत्नी एवं अभिनेत्री शिल्पा पोखरेललाई गाली गजौल तथा हातपात नगर्ने भनेर सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अभिनेत्री शिल्पा पोखरेलले आफूलाई पति तथा श्रीमान् छविराज ओझाले हातपात गरेको भन्दै २२ असारमा महानगरीय प्रहरी परिसर काठमाडौंमा ओझाविरुद्ध उजुरी दिएकी थिइन् ।
प्रहरीको रोहवरमा भएको छलफलमा आफ्नै पत्नी शिल्पासँग विगतमा भएको झगडाको बारेमा पति छविराजले माफी मागे । छविराजले माफी माग्दै अबका दिनमा कुनै झैझगडा तथा हातपात नगर्ने भनेर पत्नीसँग मिलापत्र गरेपछि पछि उनीहरूको विवाद टुंगिएको हो ।

तर, अभिनेत्री शिल्पाले आफ्नो ज्यानको सुरक्षालाई ध्यानमा राख्दै तत्काल घर नफर्किने बताएकी छन् । राजधानीसँगको कुराकानीमा बुधबार शिल्पाका पति छविराजले आफूले पत्नी शिल्पालाई कुनै हातपात नगरेको सामान्य भनाभन मात्र भएको बताएका थिए ।

अभिनेत्री शिल्पाले आफूमाथि घरेलु हिंसा भएको दाबी गर्दै राजधानीसँग भनिन्, ‘गत असार ८ गते दुई जना साथीसँग म फिल्म हेर्न जान्छु भन्दा छविराज ओझाले मेरो गाल र कानमा हिर्काउँदा कानको जाली फुट्यो र गाला सुन्नियो । उहाँले मलाई मार्ने उद्देश्यले घाँटी थिचेपछि म फुत्किएर ज्यान बचाएर घरबाट भागेकी हुँ ।’

उनले अगाडि थपिन्, ‘मेरो ज्यानको सुरक्षा अहिले पनि नभएका कारण म अहिले नै घर फर्किन्नँ । वकिलसँग सल्लाह गरेर अब के गर्ने र कसरी म सुरक्षित हुने भन्ने ग्यारेन्टी गरेर मात्र अगाडीको कदम चाल्नेछु ।’ आफू घर कहिले फर्कने भन्ने अहिले नै निर्णय गर्ने अवस्था नरहेको र पहिला आफू घरेलु हिंसाबाट कसरी सुरक्षित हुने भन्नेबारे उपाय खोजिरहेको पनि यी अभिनेत्रीले राजधानीलाई बताइन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।