१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीलाई आत्महत्या गर्न बाध्य पार्ने श्रीमान…



अ+ अ-

काठमाडौँ । श्रीमतीलाई आत्महत्या गर्न बाध्य गरेको आरोपमा श्रीमानलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

अदालतले हेटौँडा उपमहानगरपालिका–३ का राजु थिङविरुद्ध उक्त आदेश जारी गरेको हो ।

उनले पत्नी सोनु थिङलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ ।

विगतमा आत्महत्याको घटनामा कसैलाई दोषी ठहर गरिँदैनथ्यो । मानसिक एवम् शारीरिक लगायतका विभिन्न तनाव दिइ आत्महत्या गर्न बाध्य पारेको भए पनि कोही कसैमाथि मुद्दा चलाउन पाइँदैनथ्यो ।

गत भदौ १ बाट कार्यान्वयनमा आएको नयाँ फौजदारी संहिताले आत्महत्या गर्न बाध्य पार्ने जोकोही पनि कारवाहीको भागिदार हुने कानुनी व्यवस्था गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।