१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खहरेले बगाएको वृद्धको उद्धार



अ+ अ-

मकावानपुर । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित खहरे खोलाले बगाएका एक जना वृद्धलाई प्रहरीले उद्धार गरेको छ ।

नाम, थर नखुलेको अन्दाजी ४५ वर्षका वृद्धलाई प्रहरीले खोलाले बगाउँदै गरेको अवस्थाबाट उद्धार गरेको हो । चुरेहिल अस्पतालमा सामान्य उपचारपछि भरतपुर पढाइएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो ।

हालैको बाढीपहिरोमा परी हालसम्म मकवानपुरमा तीन जनाले गुमाएका छन् । गत बिहीबारदेखि परेको निरन्तर वर्षाले मकवानपुरको थाहा नगरपालिका, कैलाश गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा बाढीपहिरोमा परी एक/एक जनाको मृत्यु भइसकेको छ ।