१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँकरभिट्टा भन्सार कार्यालय नजिकैको पुरुषको शव फेला



अ+ अ-
सांकेतिक तस्विर

झापा । झापाको काँकरभिट्टा भन्सार कार्यालय नजिकैको विश्रामस्थलभित्र एकजना मृत अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत अवस्थामा फेला परेका व्यक्ति भारतीय नागरिक हुन सक्ने अनुमान गरिएको छ ।

भन्सार परिसरमा मृत भेटिएका व्यक्तिको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।