१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको मूर्ति तोडफोड गर्नेलाई कडा कार्वाही गर्न राप्रपाको माग



अ+ अ-

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्गमा भएको भगवान बुद्धको मूर्ति तोडफोडको घटनाले मर्माहत बनाएको जनाएको छ ।

आज सो पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले एक विज्ञप्ति जारी गरी सो घटनाले सम्पूर्ण नेपालीहरुलाई मर्माहत बनाएको बताएका हुन् । ‘नेपालको मौलिक मान्यता र परम्परालाई निरन्तरता दिँदै स्थापना भएका भगवान गौतम बुद्धका शालिकहरु अज्ञात समूहले तोडफोड गरेको खवरले सर्वधर्म समभावको विचार राख्ने सम्पूर्ण नेपालीहरु मर्माहत हुनु स्वभाविक हो,’विज्ञप्तिमा भनिएको छ ।

धार्मिक, सामाजिक र साँस्कृतिक सद्भाव भड्काउने कार्यमा संलग्न अपराधी व्यक्तिलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कार्वाही गर्न समेत विज्ञप्तिमा माग गरिएको छ ।

केही दिनअघि अज्ञात समूहले सिद्धार्थ राजमार्गमा रहेको बुद्धको मुर्ति तोडफोड गरेको थियो । सो घटनाको चौतर्फी रुपमा विरोध हुँदै आएको छ ।