१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुरमा सर्पको डसाइबाट एकजनाको मृत्यु



अ+ अ-

कावासोती । नवलपरासी पूर्व (नवलपुर)मा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान कावासोती नगरपालिका–१७, निवासी ६८ वर्षीय बुद्धिबहादुर थापाको सर्पको डसाइबाट मृत्यु भएको हो ।

उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा ल्याइएकामा चिकित्सिकले मृत घोषणा गरेका थिए । थापालाई बिहान साढे ५ बजेको समयमा घरमा सर्पले डसेको हुनसक्ने परिवारले जनाएको छ ।