१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा छतबाट खसेर १ जनाको ज्यान गयो



अ+ अ-

काठमाडौँ । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर एक जनाएको ज्यान गएको छ ।

तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा ४५ वर्षीय सूर्यलाल भूमीको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।